ठाकुरबाबा नगरपालिका बर्दियाको जेसी अडिट सम्पन्न

 ठाकुरबाबा नगरपालिका बर्दियाको जेसी अडिट सम्पन्न 

मिति ः २०७९ चैत्र २१ गते 

ठाकुरबाबा नगरपालिका बर्दियाको लैगिक समानता तथा सामाजिक समाबेसिकरण (जेसी) परिक्षण गरिएको छ । 

प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको सहयोग, ठाकुरबाबा नगरपालिका बर्दियाको आयोजना तथा बास नेपालको सहजिकरणमा उक्त परिक्षण सम्पन्न भएको हो । 


ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक राम लम्सालको अध्यक्षतामा आज सम्पन्न लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको नतिजा उपर छलफल तथा अनुमोदन कार्यक्रममा नतिजा माथि छलफल गरी अनुमोदन गरिएको छ । 

छलफलको क्रममा कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा सरोकारवालाहरुले नगरपालिकाले लैससासमा काम गरेको भएपनि दस्ताबेजीकरणको अभावमा अपेक्षा अनुसारको नतिजा आउन नसकेको बताएका थिए । लैससास परिक्षणले कार्यक्रमसँगै कार्यान्वयन, रिपोटींग र दस्ताबेजीकरणको महत्वका बारेमा सजग गराएको बताए । उनीहरुले आगामी बर्षहरुमा पालिका भित्र हुने कार्यक्रमहरुको लैससास अनुरुप रिपोर्टीग र दस्ताबेजीकरण गर्ने बताए । 




कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख लम्सालले सबै शिर्षकमा पालिकाले बजेट विनियोजन गरेको बताउदै भएका कामहरुलाई चुस्त दुरुस्त रुपमा दस्ताबेजीकरण गर्न शाखा प्रमुखहरुलाई निर्देशन गरे । उनले गत बर्षहरुको तुलनामा नगरपालिका सुधारोन्मुख रहेको बताउदै पदाधिकारी र कर्मचारीहरुले संयुक्त रुपमा जिम्मेवार भई कार्य गरेमा समृद्ध नगर निर्माण गर्न सकिने बताए । यसैगरी कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिना कुमारी भट्राईले लैंगिक समानता तथा सामाजिक समाबेसिकरण महत्वपूर्ण बिषय भएकाले सबैले ध्यान दिनुपर्नेमा जोड दिए । जेसी मैत्री पालिकाका लागि विभिन्न कार्यहरु भईरहेको बताउदै सामाजिक विकासको कार्यलाई बढावा दिन सबै शाखालाई अनुरोध गरिन् । अहिले नयाँ बर्षको योजना छनौटको कार्य भईरहेको भन्दै उहाँले लैससास परिक्षणमा उठेका बिषयहरुलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा लैससासमा पालिकाले गरेका कामहरुका बारेमा प्रमुख प्रशसकिय अधिकृत राम हरी रिजालले जानकारी गराएका थिए । 

ठाकुरबाबा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गोगनसरा आचार्यले सञ्चालन गरेको कार्यक्रममा लैगिक समानता तथा सामाजिक समाबेसिकरण परिक्षणको नतिजा प्रश्तुतीकरणसागै छलफल र कार्ययोजना निर्माणमा सहजिकरण बासका निर्देशक तथा परिक्षक हेमराज भट्टले गरेका थिए । 

कार्यक्रममा नगर प्रमुख तिलक राम लम्साल, उप प्रमुख बिना कुमारी भट्राइ, प्रमुख प्रशासकिय अधिकृत राम हरी रिजाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख, विभिन्न सञ्जालहरुको सहभागिता रहेको थियो ।  

परिक्षणको क्रममा नगरपालिका लैससास (न्भ्क्क्ष्) को आधारमा सम्वेदनशील छ छैन, पालिकाले प्रदान गर्ने सेवामा सहभागीतामूलक तरिकाले महिला, आदिवासी जनजाति, अपागं तथा अन्य लक्षित वर्गको सशक्तिकरण गरी  लैंगिक समानता तथा सामाजिक समावेशिकरण हासिल गर्न कतिको सहयोग पुगेकोट, नगरको नीति, योजना र कार्यक्रम लैंगिक समानता तथा सामाजिक समावेशीकरण दृष्टिले सन्तुलन भए नभएको पहिचान गर्ने, नगरकोे विकास प्रकृयामा काम गर्दा, विकास कार्यक्रम तय गर्दा, साधन र स्रोतको वांडफांड र परिचालनलाई लैंगिक उत्तरदायी र सामाजिक समावेशी वनाउन कतिको प्रयास भएको छ लगायतका बिषयलाई केन्द्रमा राखेर परिक्षण गरिएको थियो ।

हेमराज भट्ट

सुचना अधिकारी, बास नेपाल

Post a Comment

Previous Post Next Post