घरघरमा सिंहदरबारको प्रत्याभूति गराउन राप्तीसोनारी टुक्राउनुपर्छ : वडाध्यक्ष खरेल

 घरघरमा सिंहदरबारको प्रत्याभूति गराउन राप्तीसोनारी टुक्राउनुपर्छ : वडाध्यक्ष खरेल


२५ चैत, बाँके । बाँकेको सम्भावना बोकेको राप्ती सोनारी गाँउपालिका घरघरमा सिंहदरबारको अनुभुति गराउन टुक्राउनुपर्ने माग गरिएको छ ।



राप्तीसोनारी गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष एवं गाँउपालिकाको कार्यपालिका सदस्य लवराज खरेलले जुन उद्देश्यका साथ संघीयता ल्याइयो त्यो हिसाबले राप्तीसोनारी गाँउपालिकावासीले सिहंदरबारको प्रत्याभूति गर्न नपाएको बताएका छन ।


उनले नाईल खबरलाई भने, ‘जुन हिजो संघीयता आउदै गर्दा निर्वाचनको दौरानामा हरेक राजनीतिक दलहरुले एउटा नारा नै बनाएका थिए ‘सिंहदरबारको अधिकार घरघर सम्म’ भन्ने थियो । हामी सबै जनता पनि निकै उत्साहित थियौं । तर हाम्रो भूगोलको सन्दर्भमा वडा नं. ६ बाट २७ किलोमिटरको दूरीमा गाँउपालिका रहेको छ ।’


उनले अझै स्पष्ट रुपमा भने, ‘आज सिंहदरबारको अधिकार घरघर सम्म जुन नारा छ ठ्याक्क उल्टो जस्तो लाग्छ । पैसा भएका मान्छे यहाँबाट प्लेनमा गएर काठमाडौँ मन्त्रालयबाट काम भ्याएर बेलुका घरमा खाना खान आइपुग्ला तर यहाँबाट जनता गएर गाँउपालिकामा काम गराएर एक दिनमा घर आउन सम्भव छैन । आउला घर तर उस्को काम एक दिनमा नभएकै अवस्था छ ।’


गाँउपालिकाले दिने सेवा सुविधाहरु जुन किसिमले चुस्तदुरुस्तका साथ दिनुपर्ने हो त्यसमा आफुले नभेटाएको वडाध्यक्ष खरेलले जानकारी दिए । अपायकको हिसाबले समेत धेरै अपायक रहेको उनले बताए ।


उनले विगत साल २०७३ तर्फ सम्झना गराउदै देश संघीयतामा जादै गर्दा त्यस बेला पनि आफुहरुले संघर्ष समिति गठन गरेर राप्तीसोनारीलाई अलग गनुपर्ने माग गरेको बताए ।


उनले थप भने, ‘हामी त्यत्ति बेला पनि राप्ती र सोनारीलाई अलग गर्ने अभियानमा थियौं । त्यो पनि सबै राजनितिक दलहरुको सक्रियता नभएका कारण अनन्तः एउटै भयो । तर दूरीको हिसाबले धेरै टाढा छ ।’


विपन्न परिवारलाई स्वास्थ्यमा आर्थिक सहयोग कार्यविधि

राप्तीसोनारी गाँउपालिका वडा नं. ६ ले विपन्न परिवारलाई स्वास्थ्यमा पाँच देखि २० हजार सम्म आर्थिक सहयोग गर्ने कार्यविधि बनाएको छ ।


वडाध्यक्षले भने, ‘विपन्न परिवारका सदस्य विरामी हुदाँ हामीले यहाँबाट सिफारिस दिन्छौँ । उहाँ पैसा पाँच हजार लिन गाँउपालिका पाँच सय यातायात भाडा तिरेर र पाँच सय तिरेर आउनुहुन्छ । तर एक दिनमा पाउनुहुन्न । हामीले साउनमा सिफारिस गरेको पौषमा पैसा पाउनुहुन्छ । यस अवधिमा बिरामी या त निको भइसकेको हुन्छ या त मृत्यु भइसकेको हुन्छ, अनि पैसा आउछ ।’


संघीयता पक्कै पनि जनतालाई सहज हुने उद्देश्यका लागि ल्याएको हो । तर राप्तीसोनारी गाँउपालिकाका जनताले घरघरमा सिंहदरबारको प्रत्याभूति गर्न पाएका छैनन् । जनताको सुविधाका लागि गाँउपालिका टुक्रिनै पर्छ भन्ने माग जोडदार रुपमा उठिरहेको स्थानियले नै बताउँछन ।


राप्तीसोनारी गाँउपालिका वडा नं. ७ र गाँउपालिकाको दूरी कति ?

बाँकेको दक्षिण तर्फ रहेको राप्तीसोनारी गाँउपालिका वडा नं. ७ र गाँउपालिकाको दूरी करिब ४४ किलोमिटर रहेको स्थानीयले जनाएका छन । गाँउपालिकाको दूरीका कारण स्थानीयलाई कामकाजका लागि धाउन निकै समस्या खेप्नुपरेको उनीहरुले गुनासो गरे । स्थानीयले गाँउपालिका एकदमै अपायक रहेको हुदाँ विकल्प खोज्नुपर्ने माग गरेका छन ।


गाँउपालिकाको कार्यपालिका सदस्य भएर पनि कार्यपालिकाको विरुद्ध किन ?

उनले प्रश्नको जवाफ दिदै भने, ‘यो प्रश्न उठ्नु स्वाभाविक नै हो । पाठकलाई जिज्ञासा आफै कार्यपालिका सदस्य भएर पालिका विरुद्ध किन बोलेहोला तर तितो सत्य त भन्नुनै पर्छ मैले । गाँउपालिकाबाट दिने सेवा सुविधामा चुस्तदुरुस्त छैन ।’


घरघरमा सिंहदरबार नपुग्दा संघीयता माथि प्रश्न चिन्ह ?

यो गाँउपालिका एउटा उदाहरण मात्रै हो । देशभर यस्ता तमाम घटना नियालेर हेर्‍यौं भने चाङ्ग लाग्छ । संघीयता आउन अघि जनता निकै उत्साहका साथ अब आफुहरुको आवाज सरल भाषामा सरकार समक्ष पुग्ने र सम्बोधन हुने आशा बोकेका थिए तर सिंहदरबार हेर्न काठमाडौँ धाउनुपर्ने जस्तै यति बेला राप्तीसोनारी गाँउपालिकावासीले महसुस गरिरहेका छन । राप्तीसोनारी गाँउपालिका दुरीको हिसाबले मात्र नभएर बाटोघाटोको विकासमा पनि विकट छ । बाटो निकै अफठ्यारो छ ।


अबको विकल्प : गाँउपालिका टुक्र्याउने वा यातायात संचालन ?

जनतालाई घरघरमा सिंहदरबार प्रत्याभूति गराउन विकल्पको रुपमा गाँउपालिका टुक्र्याउनुपर्ने माग गरिएको छ । र त्यसको समेत विकल्प खोज्नुपर्दा गाँउपालिकाले जनतालाई सहज बनाउन यातायात साधन संचालन गर्न जोड दिनुपर्ने देखिन्छ । राप्तीसोनारी गाँउपालिकामा आजको अवस्यकताको रुपमा शुपथ मुल्यमा गाँउ बस संचालन गर्नुपर्ने देखिन्छ ।


वडाध्यक्ष खरेलले स्थानीयका तर्फबाट आवाज उठाउदै गाँउपालिकाले करिब दुई वटा गाँउ बस संचालन गर्नुपर्ने बताउछँन ।


उनले भने, ‘एउटा बस वारीको बेल्टमा संचालन गर्नुपर्यो र एउटा पारीको बेल्टमा संचालन गर्नुपर्यो । कम मुल्यमा जनताले यातायात चढ्न पाउनुपर्छ ।’


भूगोल र जनसंख्याको हिसाबले देशकै जेठो गाँउपालिका रहेको राप्ती सोनारी गाँउपालिका कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि मा फैलिएको छ । यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाँउपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाँउपालिका र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

Post a Comment

Previous Post Next Post