जि.भि.एन. कलेज नेपालगन्ज कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा रोबर्टिक कार प्रदर्शन

 नेपालगन्ज : शिक्षा क्षेत्रमा मध्य तथा सुदूरपश्चिम क्षेत्रमै उत्कृष्ट रहेको विद्यालय जि.भि.एन. कलेज नेपालगन्जमा कक्षा ११ मा कम्प्युटर साइन्स विषय लिएर अध्ययनरत विद्यार्थीहरुले आफुले निर्माण गरेको रोबर्टिक कार प्रदर्शन गरेका छन् ।



आज विद्यालयमा एक कार्यक्रमका बिच विद्यार्थीहरुले उक्त विधि प्रदर्शनी गरेका थिए । उनीहरूले निमार्ण गरेका कार सेन्सरबाट चल्ने र रोकिने निर्माण गरेको कम्प्युटर साइन्स अध्यापन गराउने शिक्षक केशब डुम्रेले बताउनुभयो । विद्यार्थीहरुमा अदभूत कला रहेको र यिनीहरुले अवसर पाएमा ठूलाठूला कारहरु बनाउन सक्ने उहाँले बताउनुभयो ।
विद्यालयका कार्यकारी निर्देशक गणेश भण्डारीले उक्त रोबर्टिक कार एसईई परीक्षा सकिने दिन प्रदर्शन गर्ने भनिएको थियोे केही प्राविधिक कारणले उक्त दिन प्रदर्शन गर्न नसकेर आज गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुमा केही गर्ने इच्छाशक्ति भएको र सोको लागि राज्यको पनि दायित्व भएमा उत्तम हुने बताउनुभयो ।
उक्त विद्यालयका संयोजक खुमलाल शर्माले छोटो समय भएको हुदा कम प्रदर्शन गरिएको र नयाँ शैक्षिक सत्रदेखि विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने बताउनुभयो ।

Post a Comment

Previous Post Next Post