बैजनाथ ६ मा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धता

 बैजनाथ ६ मा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धता 

मिति ः २०७९ बैशाख १४ गते 

पाँच बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै बैजनाथ गाँउपालिका ६ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ । 





बैजनाथ गाँउपालिका ६ नम्बर वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको सार्वजनिक सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा वडा भित्र रहेको खानेपानी समस्या समाधानका लागि यथासक्य पहल गर्ने, रामपुरमा कल्भडका कारण समस्या भएकाले एक महिना भित्र ह्युमपाईप राख्ने, वडाभित्र बिद्युतको समस्या रहेको र पटक पटक पहल गर्दा समेत समस्या समाधान नभएकाले बिद्युत प्राधिकरणलाई समस्या समाधान गर्न लिखित पत्राचार गर्ने, टोल विकास समिति गठनका लागि पहल गर्ने तथा योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन गर्ने, सुनुवाईमा उठेका अत्यावश्यक योजनाहरुलाई आगामी आर्थिक बर्षको योजना तथा कार्यक्रममा प्राथमिकताका साथ राख्ने र गौथली सामुदायिक बनमा रहेको चिल्डेन पार्क ब्यवस्थापनकालागि आवश्यक पहल गर्ने रहेका छन् । 

बासका निर्देशक हेमराज भट्टले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा वडा कार्यालयका सञ्चालीत निति तथा कार्यक्रम र उपलब्धीका बिषयमा सुनुवाईमा प्रमुख जवाफदेहि बक्ता तथा वडा अध्यक्ष भुपाल पुन मगरले जानकारी गराएका थिए । 

बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सहजिकरण गरेको सुनुवाईमा वडाको विकास निर्माण तथा कार्यक्रमका बारेमा सहभागिहरुले दर्जनौ प्रश्न गरेका थिए । सुनुवाई वडा कार्यालयको प्रांगणमा सम्पन्न भएको थियो । 

हेमराज भट्ट

सुचना अधिकारी, बास नेपाल

Post a Comment

Previous Post Next Post