आजदेखि नियमित पानी खसाल्ने सँगै भोलिबाट बाटो बनाउँने सर्तमा खोलियो महेशपुर परासी सडक

 आजदेखि नियमित पानी खसाल्ने सँगै भोलिबाट बाटो बनाउँने सर्तमा खोलियो महेशपुर परासी सडक

रंजीत शर्मा/ नवलपरासी/ २ बैशाख।

महेशपुर परासी सडक खण्ड अन्तर्गत पर्ने पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा रहेको बाटो अवरु्ध आजदेखि नियमित ३ पटक पानी खसाल्ने सँगै भोलिबाट बाटो बनाउँने सर्तमा बाटोको अवरोध हटाइएको छ। 





धूलोले गर्दा सास्ती भएको भन्दै स्थानीय गाँउ बासीहरुले आज बिहान ७ बजे देखि बाटो बन्द गरेका थिए। ३० मिनेट पछि ठेकदारले बाटोमा पानी खसाल्ने बाचा गरेर पछि ईलाका प्रहरी कार्यालय महेशपुरको आग्रहमा केही समय बाटो खोले पनि ठेकदारले २ घण्टा सम्म पनि पानी खसाल्ने काम न सुरु गरे पछि पुनः बाटो केही समयको लागि बन्द गरिएको थियो। 


स्थानीय बासी मुकेश गुप्ताको अनुसार धूलोले घर बस्न समेत न सक्ने अवस्था सिर्जना भएको र ठेकदारले १५ दिन देखि सडक भत्काएर मात्र छोडेकोले ध्यानाकर्ण गराउन बाटो अवरोध गर्नु बताए। पटक पटक गाउँपालिका र ठेकदारलाई अनुराेध गर्दा सुनवाई न भए पछि अन्तिममा बाटो अवरोध गर्नु पर्ने अवस्थाको सिर्जना हो । 


केही समय पछि पानी खसाल्ने काम सुरु भएको र भोलि देखि बाटो निर्माण हुने प्रतिवद्धता अनुसार बाटो अवरोध हटाइएको यदि फेरि हेलकीचराई गरे पुनः यो भन्दा कडा रुपमाले सडकमा उत्रिने स्थानियले चेतावनी समेत दिएका छन्।

Post a Comment

Previous Post Next Post