मन्जुश्री फाइनान्सद्धारा डिजिटल सचेतना कार्यक्रम सम्पन्न



नेपालगन्ज मन्जुश्री फाइनान्स लिमिटेडद्धारा डिजिटल सचेतना कार्यक्रम आयोजना गरिएको छ । फाइनान्सको नेपालगन्ज शाखाले शुक्रबार ‘बुद्ध जयन्ती’को अवसर पारी सचेतना कार्यक्रम आयोजना गरेको हो ।







सामाजिक उत्तरदायित्व बहन गर्दै फाइनान्सले डिजिटल सचेतना कार्यक्रम गरेको फाइनान्सको नेपालगन्ज शाखाका कर्जा प्रमुख मनमोहन खनालले बताएका छन्। डिजिटल बैंकिङप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सचेतना कार्यक्रम गरेको खनालको भनाई छ ।

‘अहिले धेरैजसो नागरिक डिजिटल बैंकिङतर्फ आकर्षित हुँदै गएका छन् । तर पनि ठूलो संख्या डिजिटल बैंकिङबारे जानकार छैनन्’, उनले भने, ‘यही कुरालाई ध्यानमा राख्दै ‘बुद्ध जयन्ती’को अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेका हौँ । कार्यक्रममा फाइनान्सका कर्मचारीहरुले व्यवसायी एवम् सर्वसाधारणलाई डिजिटल सचेतनाका बारेमा जानकारी गराएका थिए। शुक्रबार फाइनान्सका देशभर रहेका शाखाहरुले डिजिटल सचेतना कार्यक्रम आयोजना गरेकाछन

Post a Comment

Previous Post Next Post