स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम दुल्लू नगरपालिकामा सम्पन्न



योजना छनोट विकाश का लागि दुल्लू नगरपालिकाका सम्पुर्ण वडाका जनप्रतिनिधि र सचिवका लागि स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ स्थानीय पुर्बाधार सहयोग कार्यक्रम युरोपेली संघ समाबेसी संघियता सहयोग परियोजना को प्राबिधिक सहयोग तथा आवाज संस्था को सहकार्य मा दुल्लू नगरकार्यपालिकाको कार्यालय दैलेख दुल्लू नगरपालिकाको आयोजना मा कार्यक्रम भएको थियो ।

दुल्लू नगरपालिका का योजना अधिकृत तुलसी प्रसाद उपाध्याय को अध्यक्षतामा तथा दुल्लू नगरपालिका वडा न ७ का वडा अध्यक्ष कविराज रावत को प्रमुख अथितित्यमा कार्यक्रम सम्पन्न भएको थियो पहिलो चरणको कार्यक्रम मा दुल्लू नगरपालिका वडा ६,७ र ८ का वडा अध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधि वडा सचिब, सामाजिक परिचालक, युबा समूह प्रतिनिधि ,बुहारी समूह प्रतिनिधि तथा टोल सुधार समितिका प्रतिनिधि लगायत को उपस्थिति रहेको थियो ।




उक्त कार्यक्रममा अर्जुन विश्वकर्मा, सुशील कार्की तथा दुर्गा वन सन्यासी ले प्रशिक्षण गर्नु भएको थियो ।

प्रशिक्षक अर्जुन विश्वोकर्मा ले वस्ती तहमा योजना छनोट गर्ने बिधि वस्ती बाट वडामा योजना सिफारिस गर्ने बिषयगत फारम मा छलफल, वस्ती तहमा योजना तर्जुमा नमुना अभ्यास ,भारबिधिको प्रयोग तथा फारमहरु प्रयोग .समाबेसी आधारभूत सेवा प्रबाह लगाएत का बिषयमा प्रशिक्षण गर्नु भएको थियो ।

प्रशिक्षक शुशिल कार्की ले स्थानीय तहको योजना सम्बन्धि व्यबस्था तथा अबधारणा , वडा समितिका कर्तब्य जिम्मेवारी तथा संघ प्रदेश तथा स्थानीयह संग समन्वय र वडा तहमा योजना पहिचान तथा प्राथामिकताको निर्धारण लगायत बिषयमा प्रशिक्षण गर्नुभएको थियो ।

त्यस्तै प्रशिक्षक दुर्गा वन सन्यासीले लैससास अबधारणा तथा स्थानीयकरण , लैङ्गिक उत्तरदायी बजेट बिश्लेषण, योजना तर्जुमा तथा कार्यान्वयनमा लैससास लगाएत शिर्षक मा प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित हुनु भएको सक्रिय युबा क्लब को सदस्य कमला रावतले यस्ता कार्यक्रमले योजना छनोट सम्बन्धि धेरै जानकारी दिएको र अब यहि बिषयमा विभिन्न समुदायमा यो बिषयमा क्लब को सहकार्यमा अभिमुखीकरण गर्ने जानकारी दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा सहभागी बुहारी समूहका प्रतिनिधि शान्ति महत ले यस्ता कार्यक्रमले समुदायमा योजना छनोटगर्दा समावेशिता का कुरा उठान गरायर मात्र योजना छनोट गर्नु पर्ने कुरामा आवाज उठाउने र यहि बिषयमा समाजमा अभिमुखिरण गर्नु पर्ने मा जोड दिदै कार्यक्रम अायोजकलाइ तथा प्रशिक्षक लाइ धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा दुल्लू नगरपालिका वडा ६ का वडा सचिव यज्ञ बहादुर खड्रकाले ले यो कार्यक्रम ले थप नया सिकाइ भएको र अब देखि वडामा योजना छनोट गर्दा यहाँ सिकेका सम्पूर्ण कुराहरु लागु गरेर वडामा योजना छनोट गरिने प्रतिबद्धता गर्नुभएको थियो ।

कार्यक्रम मा उपस्थित रहनुभएको वडा नं. ७ का जनप्रतिनिधि सिता शाले अब योजना ल्याउदा दिगो बिकाश तथा अर्को पटक लगानी गर्न नपर्ने योजना ल्याउन अनुरोध गर्नु भएको थियो । र योजना छनोटमा पनि ध्यान पुर्याउने जानकारी दिनुभएको थियो ।

त्यस्तै कार्यक्रमका सहभागी सुर्य भण्डारी ले कार्यक्रम गर्द्दा हामि समावेशिता का आधारमा मा गर्ने गरेता पनि बिपन्न वर्गमा योजना नपुगेको गुनासो गर्नु भएको थियो । बिभिन्न उत्पादन भएंको बहुअायामिक बिरुवा यहा बजारीकरण गर्न नसकेको तथा गुरु योजना नबनेको ,जानकारी दिनु भएको थियो । बिपन्न वर्ग लाइ माथि उठाउन को लागि उहाले सहयोग गरिराखेको तर अरु ले सहयोग गर्न नसकेको जानकारी दिदै यहाँ सिकाइएका कुराहरू नगरपालिकाले प्रक्रियागत रूपमा नगरले कार्यान्यवन गर्ने कि नगर्ने भन्ने कुरा मा चिन्ता ब्यक्त गर्नु म भएको थियो ।

जिल्ला समन्यव समिति दैलेखका सदस्य तुलसा बिक ले योजाना तर्जुमामा गर्दा राजनैती हस्तक्षेप भएको तर अब राजनीति रहित योजना छनोट गर्नु पर्ने कुरा मा जोड दिने जानकारी दिनु भएको थियो ।

कार्यक्रमको समापनको क्रम मा अावाज संस्थाका परियोजना संयोजक चक्रराज गिरि (चेतन)ले सम्पूर्ण सहभागी हरुलाइ अभिमुखीकरण प्रतिक्रिया फारम भराउनुभएको थियो त्यस्तै सबै सहभागि तथा प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको समापन दुल्लू नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुशिल भण्डारीले गर्नुभएको थियो ।

Post a Comment

Previous Post Next Post