कक्षा ११ मा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई जि.भि.एन. कलेजद्वारा ओरिन्टेसन कार्यक्रम

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आज ओरिन्टेसन कार्यक्रम गरेको छ ।




कक्षा ११ मा विज्ञान संकाय, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकायमा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको मेजेष्टिक पार्टी प्यालेसमा उक्त कार्यक्रम गरिएको कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले बताए ।




उक्त कार्यक्रममा विद्यालयका शेयर सदस्यहरु, विद्यालउमा विभिन्न संकायमा पढाउने शिक्षकहरु, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा सयौंको सख्यामा विद्यार्थीहरुलाई ओरिन्टेसन दिइएको हो । विद्यार्थीहरुलाई विद्यालयको नियमको बारेमा, कुन विषय अध्ययन गर्दा कसरी अगाडि बढ्न सकिन्छ, घरपरिवारको सल्लाह सुझाब मान्नुपर्ने जस्ता ज्ञान गुनका कुराहरु विद्यार्थीलाई सिकाइएको कलेजका संयोजक खुमलाल शर्माले बताए ।




पछिल्लो समयमा गुणस्तरीय शिक्षा दिन सफल भएको उक्त विद्यालयमा दक्ष , अनुभवी शिक्षक शिक्षिकाहरुबाट पठनपाठन गराइरहेको कलेजका प्राचार्य मानबहादुर थापाले बताए । उक्त कलेजमा कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत छात्रा वर्षा पाण्डेले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियोे ।



Post a Comment

Previous Post Next Post