१५ घण्टासम्म शवगृहमा राखिएका व्यक्ति जीवितै फेला

विराटनगरमा मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरी अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको घटना सार्वजनिक भएको छ । 


 सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएर लडेको र उनलाई तत्काल इनरुवा अस्पताल त्यसपछि कोशी अस्पताल हुदै मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको तर शनिबार राति नै उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दुध खुवाएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको छ। यता स्थानीयले अस्पतालले चरम लापरबाही गरेकोले स्थानीय प्रशासन र सुरक्षा निकायसंग कारवाहीको लागि माग गरेका छन्। 


Source:- Sachin Pokhrel/Gorkhapatra

Post a Comment

Previous Post Next Post