भ्रष्टाचार बिरुद्ध तेस्रो नेपालगन्ज वाकाथन

नेपालगन्ज÷भ्रष्टाचार बिरुद्ध सचेतनामुलक सन्देस प्रवाह गर्दै भ्रष्टाचार बिरुद्ध तेश्रो नेपालगन्ज वाकाथन (घचम ल्भउबनिगलव ध्बपिबतजयल) भब्यताका साथ सम्पन्न भएको छ । 


२०औं भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (भितक धबपि तयनभतजभच ायच ब्लतष् अयचचगउतष्यल) भन्ने नाराका साथ बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । 

नेपालगन्जको गणेशमान चौकबाट बिहान ७ बजे शुरुवात भएको वाकाथन विभिन्न सन्देश सहितको नारा अंकित प्लेकार्ड, प्रहरीको व्याण्ड बाजा, नृत्य, गित सहित सेल्फि लिदै भ्रष्टाचार बिरुद्ध ऐक्यबद्धता जनाउँदै गणेशमान चौक, बिपि चौक हुदै धम्बोझि चौकमा पुगेर समापन गरिएको थियो । विभिन्न संघसंस्था तथा निकाय र युवा बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साँस्कृतिक प्रस्तुती, विभिन्न खेल प्रर्दशन, लाठी प्रर्दशन गरिएको थियो । 

भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यका साथे नेपालगञ्ज वाकाथन गर्न थालिएको हो । 

वाकाथन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले नेपालगन्जलाई सुशासनयुक्त शहरको रुपमा पहिचान बनाउन सकिने बताए । सामाजिक सद्भाव शहरको रुपमा स्थापीत नेपालगन्जलाई देशकै पहिलो सुशासन युक्त शहरको रुपमा स्थापित गर्नुपर्नेमा उनको जोड थियो । उनले हरेक ब्यक्ति नैतिकवान भएमा भ्रष्टाचारको अन्त्य हुने भन्दै नैतिक शिक्षामा जोड दिनु पर्ने बताए । सुशासन कायम गर्ने सन्दर्भम आफु सदैव प्रतिबद्ध रहने उनको प्रतिबद्धता थियो । उनले सबै बाँके बासिलाई सुशासनका लागि क्रियाशिल रहन अपिल गरेका छन् । 

यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले भ्रष्टाचार बिरुद्धको अभियानलाई सबैले साथ दिनु पर्ने बताईन् । उनले सरकारी निकायमा भ्रष्टाचार ब्यप्त रहेको भन्दै त्यसको अन्त्यका लागि आफ्नो तहबाट लाग्ने प्रतिबद्धता गरिन् । 

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसलाई नेपाल सरकारले नमनाउने गरेको उल्लेख गर्दै दिवस मनाउन सरकारसँग माग गरे । बास नेपालले स्थापना देखिनै भ्रष्टाचार बिरुद्ध आवाज प्रवाह गरिरहेको बताउँदै नागरिकहरुको साझा आवाजका रुपमा नेपालगन्ज वाकाथन गर्न थालिएको बताए ।

बास नेपालका उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन बास नेपालका सचिब दिला शाहले गरेका थिए । कार्यक्रममा गायक पूर्ण थापाले गित प्रश्तुत गरेका थिए भने बास नेपालका कलाकार मन्जु थापा र सविता थापाले नृत्य प्रश्तुत गरेका थिए । 

नेपालगन्जको गणेशमान चौकबाट शुरु भएको वाकाथनमा प्रहरीको ब्याण्ड बाजा, भ्रष्टाचार बिरुद्धका नारा सँगै कार्यक्रममा सहभागि बरिष्ठ पत्रकार तथा बास नेपालका सल्लाहकार पूर्णलाल चुके, नेपाल पत्रकार महासँघ बाँकेकी उपाध्यक्ष करुणा शाह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, हरित अभियन्ता हेमन्तराज काफ्ले, सामाजिक अभियन्ता कृष्णजंग शाह, गैसस महासँघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय, महिला जागृती सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष भाईराजा श्रीवास्तब, अपांगता अधिकारकर्मी पुष्प प्रसाद उप्रेति, गैसस महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, उच्च अदालत बार ईकाईका अध्यक्ष चित्र बहादुर शाही, बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही लगायतले ऐक्यबद्धता मन्तब्य राखेका थिए । 

बास नेपालको आयोजना अन्तरालको ब्यवस्थापनमा भएको कार्यक्रममा ग्ल्म्ए नेपाल, प्लान ईण्टरनेशनल नेपाल, एकाउण्टविलिटि ल्याव, राष्ट्रिय अपाँग महासंघ नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखा, बाँके युनेस्को क्लब, ईन्रुडेक बाँके, गेरुवा ग्रामिण जागरण संघ (गेरुवा), नेपालगञ्ज उपमहानगरपालिका, बाँके, राप्तीसोनारी गाउँपालिका बाँके, जानकी गाउँपालिका, बाँके, डुडुवा गाउँपालिका बाँके, खजुरा गाउँपालिका बाँके, बैजनाथ गाउँपालिका बाँके, कोहलपुर नगरपालिका बाँके, नरैनापुर गाउँपालिका बाँके, काईके गाउँपालिका डोल्पा, ठूलीभेरी नगरपालिका डोल्पा, प्रदेश प्रशिक्षण प्रतिष्ठान, नेपालगञ्ज, नेपालगञ्ज टेक्निकल कलेज, सामुदायिक प्रहरी सेवा केन्द्र, बाँके, फियान नेपाल, मानवता नेपाल, दर्शन ग्रुप्स, टिम डि एज, क्लिन अफ नेपाल, वेष्टर्न अस्पताल नेपालगञ्ज, कारितास नेपाल, बेलखेत युवा क्लब अछाम, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानरपालिका समिति, दिदि बहिनी समाज बाँके, ब्राईटल्याण्ड स्कुल नेपालगञ्ज लगायतको सहकार्यमा सम्पन्न भएको हो । 

कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् । कार्यक्रममा १ हजार बढीको सहभागिता रहेको थियो । 

पहिलो बर्ष २०२१ मा नेपालगन्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए । 

दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो । 

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ । 


हेमराज भट्ट

सूचना अधिकारी, बास नेपाल

Post a Comment

Previous Post Next Post