सिन्धुलीमा सुरुवात भयो रुपान्तरण अभियान तालिम


सिन्धुली, रुपान्तरण जीवनउपयोगी सीप तथा आत्मरक्षा प्रशिक्षक, प्रशिक्षण तालिम आज बाट सिन्धुलीमाढीमा सञ्चालन भएको छ । रिलिफ नेपाल सिन्धुलीको आयोजना तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित एकीकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना अन्तर्गत (रूपान्तरण) जीवनउपयोगी सिप कक्षा तालिममा सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाका ४,५,६,७, १०,११, गोलन्जोर गाउँपालिकाका १,२,३,४, र ६ नं. वडा र फिक्कल गाउँपालिकाको १,२,३ र ४ नं. वडामा सञ्चालनको लागि तालिम सन्चालन गरिएको हो । तालिममा ३० जना किशोरकिशोरहरुको सहभागि रहेको छ ।



उद्धघाटन कार्यक्रमको अवसरमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले तालिम मार्फत आफ्नो अधिकारको बिषयमा पहिचान गरेर स्थानीय तह तथा सरकार संग आफ्नो अधिकार माग गर्न सक्षम हुन आग्रह गर्नुभएको छ । पालिका बालमैत्री स्थानीय शासन बनाउने प्रयत्नमा भएकाले बालबालिकाले आफ्नो अधिकारको खोजी गर्न आवश्यक रहेको उहाँको भनाई छ ।


 कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले रुपान्तरण भनेकै परिवर्तन भएकाले तालिम अवधीभर रहेर आफ्ना हक अधिकारका लागि रुपान्तरित हुन सक्षम हुनको लागि शुभकामना ब्यक्त गर्नुभएको छ । त्यस्तै रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले तालिममा सहभागि किशोर किशोरीहरु प्रतिनिधी मुलक भएकाले आफुले जानेका कुरा गाउँगाउँमा गएर सकारात्म सन्देश दिने र २४ हप्तासम्म आफुले जानेका कुरा अरुलाई सिकाउन कक्षा संचालन गर्ने बताउनुभएको छ । साथै यो रुपान्तरण अभियानको निरन्तरता र यो तेस्रो व्याज रहेको कुरा परियोजना संयोजक पंकज पाण्डेले बताउनु भयो । १० दिन सम्म सञ्चालन हुने रूपान्तरण तालिम लिएपछि उनीहरुले आफ्नो समुदायमा १२ देखि १९ वर्ष उमेर समूहका किशोेर किशोरी तथा बालबालिकाहरू लाई जीवन उपयोगी कक्षा सञ्चालन गर्ने छन् । कक्षा सञ्चालनको लागि आवश्यक स्टेशनरी सामाग्री तथा तालिम अवधि भर अनुगमन र पृष्ट पोषण सम्बन्धीत गाउँपालिकाले गर्नेछन् ।
१० दिन सम्म तालिमको सहजिकरण निरज न्योपानेले गर्नुहुनेछ भने सहायक प्रशिक्षक तारा सुनुवार, मन्दिरा बयलकोटिले गर्नुहुनेछ ।

Post a Comment

Previous Post Next Post