नेपालगन्जमा जिल्लाकै सबैभन्दा ठूलो बागेश्वरी फुट्सल संंचालन

नेपालगन्ज । बाँके जिल्लामा अर्को फुट्सल पनि संचालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव संचालनमा आएसँगै जिल्लामा फुट्सलको संख्या तीन पुगेको हो । तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ । बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार २०×३८ मिटर रहेको छ । जुन नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा ठूलो हो ।


 ‘हामीले नेपालगन्जमा केही नयाँ गरौंं भनेर स्वास्थ्यका लागि खेलकुद नारा राखेर बागेश्वरी फुट्सल सुरु गरेका छौं र नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा पनि यो ठूलो छ,’ अध्यक्ष विष्टले भन्नुभयाे । विष्टले हालसम्म बागेश्वरी फुट्सलमा ७० लाख रुपैयाँको लगानी भई सकेको बताउँदै बाँकी केही संरचना निर्माण गर्नका लागि थप रकम खर्च हुने बताउनुभयाे । हाल बागेश्वरी फुट्सलमा खेल मैदानसँगै शौचालय, चेन्जिङ कोठालगायतका संरचना निर्माण भई सकेको उहाँले बताउनुभयाे । आइतबारदेखि संचालनमा आएको बागेश्वरी फुट्सलको उद्घाटन नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्टले गर्नुभएको छ । विष्टले रिबन काटेर बागेश्वरी फुुट्सलको उद्घाटन गर्दै फुट्सल पनि खेल्नुभएकाे थियाे । सो क्रममा विष्टले नेपालगन्जमा फुट्सलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताउँदै ‘स्वास्थ्यको लागि खेलकुद’ नारालाई बागेश्वरी फुट्सल एउटा खुट्किलो बनेको बताउनुभयाे । उहाँले नेपालगन्जसँगै समग्र जिल्लालाई बागेश्वरी फुट्सलले समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुुभयाे ।
बागेश्वरी फुट्सलले नियमित फुट्सल खेल्न आउनेप्रति व्यक्तिको लागि मासिक २ हजार र समूहका लागि २२ हजार रुपैयाँ मासिक शुल्क तोकेको छ । साथै उद्घाटनको अवसरमा आयोजकले फुट्सल प्रतियोगिता आयोजना गर्नुका साथै छुटको पनि व्यवस्था गरिएएको जनाएको छ ।

Post a Comment

Previous Post Next Post