कानुन समाज सेवा नेपाल बाँकेले बालकुमारी घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

नेपालगन्ज : कानुन समाज सेवा नेपाल बाँकेले ललितपुरको बालकुमारी घटना मृतक भएकाहरुको सम्झनामा सोमबार दीप प्रज्वलन गरेको छ ।

पुस १३ गते भएको घटनामा मृत्युु भएका दैलेखका सुजन राउत र अछामका बिरेन्द्र शाहको सम्झनामा स्थानीय बि.पी.चोकमा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरेको संस्थाका अध्यक्ष छत्र सुनारले बताए ।


संस्थाका सदस्य प्रेम सुनारले सञ्चालन गरेको कार्यक्रममा पत्रकार कृष्णराज उपाध्याय, अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस सदस्य सुशील वर्मा, समाजसेवी गणेश भट्ट, अधिवक्ता जयराज जैसी,संस्थाका अध्यक्ष छत्र सुनारले श्रद्धाञ्जली मन्तव्य दिएका हुन् ।



बोल्ने वक्ताले राज्यले यहाँ रोजगार छैन हामी विदेश जान पाउनुपर्छ भनेर कोरियाको लागि पुनः आवेदन खुलाउनु पर्ने भनि गरिएको आन्दोलनमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु हुनु दु:खद भएको बताउदै सरकारको चर्को आलोचना गरेका थिए ।

Post a Comment

Previous Post Next Post