अर्जुनधारामा मकैको खोसेलालाइ पैसा बनाउने तालिम

अर्जुनधारा, २३ पुस । फोहोरलाई मोहोर बनाउने कुरा हामीले सुँन्दै आएका छौं । विभिन्न अन्नपात–तरकारीका पात–डाँठ–बोक्रालाई प्रयोग गरेर वस्तु उत्पादनका कुरा पनि सुन्न थालिएको छ । यसै मेसोमा झापाको अर्जुनधारा नगरपालिकामा समेत मकैको खोसेलाबाट वस्तु उत्पादन अर्थात् खोस्टालाई पैसामा रुपान्तरण गर्ने तालिम शुरु भएको छ ।



नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा आजदेखि मकैको खोसेलाबाट डोरम्याट बनाउने सम्बन्धी १२ दिने तालिम शुरु भएको छ । महिलालाई सीप प्रदान गरी आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको शाखाकी प्रमुख सूर्यमाला लिम्बूले बताउनुभयो ।

तालिममा सहजकर्ताद्वय सन्तोषकुमार श्रेष्ठ र उर्मिला रसाइलीले सहजीकरण गरिरहेका छन् । तालिममा अर्जुनधारा–६ र ११ नं. वडाका २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको शाखाकी सहायक शान्ति गड्तौलाले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post