अछामका कानुन व्यवसायी अधिवक्ता (वकिल) मातृका भण्डारी उच्च अदालतको न्यायाधीशमा नियुक्त

अछामका कानुन व्यवसायी अधिवक्ता (वकिल) मातृका भण्डारी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।न्याय परिषद्ले उनलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो ।


कानुन व्यवसायी, जिल्ला अदालतका न्यायाधीश र कानुनी सेवाका कर्मचारी मध्य कानुन व्यवसायी अन्तर्गत भण्डारी न्यायधीसमा चयन भएका हुन् ।




कानुनी उपचार तथा परामर्शको क्षेत्रमा अछाम जिल्लामा सक्रिय भण्डारी शालीन र सभ्य कानुन व्यवसायीका रुपमा परिचित छन् ।संविधानको धारा १४० ले प्रधान न्यायाधीशले न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका न्यायाधीश नियुक्त गर्ने व्यवस्था गरेको छ।


उच्च अदालतको न्यायाधीश हुन जिल्ला न्यायाधीश पदमा कम्तीमा ५ वर्ष काम गरेको वा कानुनमा स्नातक वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १० वर्ष कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको वा न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक नियुक्तिका लागि योग्य मानिने संवैधानिक प्रावधान छ।

Post a Comment

Previous Post Next Post