कालिकोट बासीको भयो (चिलगाडी)हवाईजहाज हेर्ने सपना वर्षौंपछि पुरा !

विक्रम तिरुवा / जुम्ला,

भौगोलिक रुपमा विकट भएता पनि प्राकृतिक सौन्दर्यको हिसाबले कालिकोट एक स्वर्गको टुक्रा हो । भन्दा त फरक नपर्ला स्वर्ग,नर्क बारे धर्मले स्वर्ग र नर्क बारे विश्वास गर्छ भने, विज्ञानले भन्छ स्वर्ग नर्क केवल परिकल्पना बाहेक केही होइनन् । यो कुरा यहीँ छोडौं स्वर्ग र नर्क होला नहोला तर कर्णाली प्राकृतिक सम्पदा,वनजंगल,जल,जडिबुटी,धार्मिक,सांस्कृतिक,भाषा,आदि इत्यादि ले निकै धनी छ । त्यसमाथि पनि कर्णालीका साबिक पाँच जिल्ला मध्ये कालिकोटको पनि छुट्टै महत्त्व रहेको छ । कालिकोटमा प्रशस्तै सम्भावनाका खानीहरु छन् । तर पनि राज्यले कालिकोटलाई सौतेनी व्यवहार गरेको कुरा प्रष्ट देख्न र यहाँका बासिन्दाहरुका जनगुनासाहरुले,यहाँको जीवनस्तरले प्रष्ट पार्छ । 




तैपनि राज्यले लामो अन्तरालपछि कालिकोटलाई बिस्तारै सौतेनी व्यवहार गर्न छोड्दैछ सायद ! ढिलासुस्ती गरेर भएपनि जनताको त्याग र बलिदानले गर्दा राज्यको आँखामा लागेको पट्टी खुलेछ क्यारे ! र त आज कालिकोटमा एउटा उमङ्ग छाएको छ । सदरमुकाम मान्ममा पुग्न दुई दिन जति हिड्नु पर्ने बाध्यता त उस्तै छ । नुन किन्न सदरमुकाम आउनु पर्ने बाध्यता त उस्तै छ । उपचार नपाएर सुत्केरी महिला मर्नुपर्ने बाध्यता उस्तै छ । कहाँ सकिएका छन् र अझै ? कालिकोट बासिन्दाका दु:खहरू ! अझै कति त्याग र तपस्या गर्नुपर्ने हो कालिकोट बासीले ? तर पनि बिस्तारै कालिकोट बासीमा रहर भने पक्कै पलाउन थालेका छन् । 


एक सपना थियो कालिकोट बासीको (चिलगाडी)हवाईजहाज आएको हेर्ने रहर,आज करिब करिब आधा शताब्दी ३८ वर्षपछिको लामो राज्यको प्रयासपछि एक सपना साकार भएको छ ।  (चिलगाडी) हवाईजहाजले कालिकोटको भूमिमा अवतरण गरेको छ । हवाईसँगै कालिकोट बासीका हराएका केही रहर,सपनाहरू फिर्ता भएका छन् । आस छ कालिकोट बासीका अन्य थुप्रै रहरहरु, राज्यले सहजै फिर्ता गरेर आम जनताको मुहारमा हँसिलो मुस्कान दिने छ । 



कालिकोटको नरहरिनाथ गाउँपालिका वडा -१ कोटबाडामा सुनथराली विमानस्थल बनेको लामो समय हुँदा पनि संचालनमा आउन नसकेको कालिकोटको एकमात्र (सुनथराली) विमानस्थलमा तारा एयरलाइन्स बाट परिक्षण उडान सफल भएको छ । मिति २०८०/११/ फागुन १४ गतेबाट उक्त विमानस्थल संचालनमा आएको हो ।उक्त विमानस्थल उपप्रधान तथा रक्षामन्त्री र कर्णाली प्रदेशका मुख्य मन्त्री अन्य मन्त्रीहरुले उट्घाटन भब्य रुपमा गरेका थिएँ । कालिकोट बासीहरु विमानस्थलमा हवाई जहाज देख्न पाउदा खुसी भएका छन् । अब कालिकोट बासिन्दालाई केही सहज हुने देखिएको छ ।




प्रकाशित मिति:- १४ फाल्गुन २०८०,सोमबार 


 

Post a Comment

Previous Post Next Post