जनचेतना मूलक कार्यक्रम गर्दै अगाडि बढ्दै छ दृष्टि नेपाल

पुष्कर खड्का : सुर्खेतमा बसोबास गर्ने कर्णाली प्रदेशका ३० बर्ष मुनिका युवाहरुको समुहले दृष्टि नेपाल नामक संस्था दर्ता गरि विभिन्न जनचेतनामूलक कार्यक्रम हरु गर्दै आईरहेका छन । संस्थाका अध्यक्ष जिवराज के.सि ले सिङ्गो टिम लिएर जलवायु परिवर्तन सम्बन्धि सडक नाटक , बालबालिका सम्बन्धि सडक नाटक तथा सचेतना कार्यक्रम गर्दै आईरहेका छन । 



 नयाँ बर्षको अबसर पारि "समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन" भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिका वडा नं ५. को सभाहलमा दृष्टि नेपालको आयोजना र वडा न.५ को आर्थिक सहयोगमा लागू औषध सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 



अबको युवा देश चलाउने सक्ने युवा हो , तर युवाहरू कुलतमा पसेका छन जसका कारणले पनि परिवार समाज बिग्रदै गएको छ । यी यस्ता कार्यक्रम हरुको सुरुवात गरि युवालाई मुल बाटोमा ल्याई सक्षम र ईमानदार बनाउन आवश्यक छ । आर्थिक बर्षपनि यस्ता विषयमा बजेट छुट्याउने र प्रभावकारी ढङ्गले अगाडि बढ्ने कार्यक्रम का प्रमुख अतिथि वडा अध्यक्ष लोक बहादुर शाही ले बताएका छन ।



उक्त कार्यक्रम मा प्रशिक्षक बिसाल आचार्य ज्यु र प्रशिक्षक पुष्पा उपाध्याय ज्यु ले लागू औषध बारे जानकारी , विक्री र सेवन गर्दा हुने नकारात्मक असर,लाग्ने कानुन , पाइने दण्ड सजाय , सेवनले हुने हानी , बच्ने र बचाउने उपाए लगाएत विभिन्न विषयमा प्रसिक्षण गराउनु भएको थियो । 



कार्यक्रम को अन्तमा दृष्टि नेपालका अध्यक्ष के.सि ले आफुले अवको समाजलाई सकरात्मक कुराहरु दिनको निम्ति संस्था दर्ता गरि समाज सेवामा आफुले आफ्नो टिमले आगामी दिनमा अहम् भुमिका निभाउने साथै सचेतना मुलुक कार्यक्रम ले आफू संस्थामा नरहे पनि निरन्तरता पाउने जानकारी दिएका छन ।

Post a Comment

Previous Post Next Post