को हुन मोहित शाह

विद्यार्थी राजनीतिमा लामो सयम देखि सक्रिय रहदै पार्टीको मुलधार राजनीतिमा प्रबेश गरेका युवा नेता मोहित शाह यहि बैशाख १६/१७ गते हुन गैरहेको नेकपा एमाले नेपालगन्ज नगरकमिटीको अध्यक्षका पदका बलियो उम्मेदवार हुन !शाह बाल्यकाल देखि नै राजनीतिमा रुचि भैइ देश र जनताको सेवा गर्ने अटोट भावना लिएर अगाडि बढेका हुन !२०६० सालमा नेकपा एमालेको साधारण सदस्य बाट राजनीतिक यात्रा सुरुगरेका शाहले २०६२/अनेरास्ववियुको तर्फबाट


 जनआन्दोलनमा सक्रिय सहभागीता जनाएर उल्लेखनीय भुमिका निभाएका थिए!२०६४-अनेरास्ववियु मध्य तथा सुदुर क्षेत्रको महत्वपूर्ण शैक्षिक हव मानिने महेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस कक्षा कमिटी सदस्य हुँदै हुदै,२०६५ मा अनेरास्ववियु महेन्द्र क्याम्पस इकाई कमिटी सदस्य भएका थिए !त्यस्तै २०६६अनेरास्ववियु बाकेको जिल्ला कमिटी सदस्य,२०६९-अनेरास्ववियु बाँके जिल्ला कमिटी उपाध्यक्ष,२०७०-अनेरास्ववियु बाँके जिल्लाको संयोजक ,२०७२-अनेरास्ववियु बाँके जिल्लाको १८औ जिल्ला अधिवेशनको अध्यक्ष

२०७५-अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवं बाँके इन्चार्ज हुँदै केन्द्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका थिए !त्यस्तै २०७६ मा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य,हुँदै २०७७-लुम्बिनी प्रदेश कमिटी सचिव,२०७८-नेकपा(एमाले) नेपालगन्ज नगर कमिटी सदस्य भएका शाह ,हाल २०७९ देखि नेकपा (एमाले)नेपालगञ्ज उपमहानगरपालिका कमिटीको सचिव युवाको जिम्मेवारी मा छन !पार्टीले दिएको जुनसुकै जिम्मेवारीलाई ईमानदारीता पुर्वक पूरा गर्नुपर्छ भन्ने मनसायले उनले बिगत लामो समय देखि पार्टी तथा जनता संग प्रत्यक्ष समन्ध राखिरहेका छन !यो बाहेक नेपालगन्जका सामाजिक क्षेत्रमा पनि क्रीयाशिल शाहलाई अन्य राजनीतिक दलहरुले पनि सकारात्मक सल्लाह र सुझाब दिने गर्दछन ! विद्यार्थी राजनीति बाट खारिएर आएका युवा नेता शाह पार्टी जनता तथा युवा विद्यार्थी माझ एक लोकप्रिय युवा मानिन्छन !युवाहरु स्वदेशमै बसेर केही गर्नपर्छ,यहि उत्पादन गरि रोजगार सिर्जना गर्न सकिन्छ भन्ने कथन बोकि राजनीतिक यात्रामा चम्किरहेका युवा नेता शाह बाँकेको थुप्रै युवाको आशा र भरोसाको केन्द्र मानिन्छन !"आसन्न नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा मेरो उम्मेदवारी पार्टीलाई द्रुत गतिमा अगाडी बढाई नेपालगन्जका जनताको भाग्य र भबिष्यलाई बदल्न सक्ने सामार्थ्यको लागिहो,केही परिवर्तन र रुपान्तरण को लागि आफुले उम्मेदवारि दिन खोजेको हो !म परिवर्तन चाहान्छु,युवा नेतृत्व,अगामी कार्यदिशा र पार्टीको भावी निति तथा एजेन्डालाई ध्यानमा राखी निरन्तर जनता र पार्टीको समन्ध स्थापितको लागि एक बलियो पुल बनेर काम गर्ने ईच्छा रहेको बताएका छन ! 

अनेरास्ववियुको राजनीतिबाट शाह नेकपा एमाले को एक कुशल योद्धा हुन,उनले समाज,जनता र पार्टीलाई नजिक बाट बुझेका छन ! जनतासंग प्रत्यक्ष सरोकारका बिषयमा निरन्तर,बहस,खबरदारी गरिरहन्छन !

Post a Comment

Previous Post Next Post