निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सर्बसम्वत निर्बाचित कार्यसमिति चयन भएको छ ।



इन्स्योरेन्स क्षेत्रमा हुने या भएका समस्याका विषयमा काम गरिरहेको नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेले नयाँ कार्यसमिति पाएको हो ।


पाँचौं बार्षिक साधारण सभा तथा अधिवेशनले सानीमा जीआईसी इन्स्योरेन्सका सिद्धार्थ शाहलाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा राष्टिय बीमा कंपनीका नवीन शर्मा पौडेल, महासचिवमा नेको इन्सुरेन्सका मिनराज शाही, सचविमा स्टार माइक्रो इन्स्योरेन्सका रबिन नाथ तिवारी, कोषाध्यक्षमा शिखर इन्स्योरेन्सका उपेन्द्र थपलिया निर्वाचित हुनुभएको छ । 


यस्तै सदस्यहरुमा सगरमाथा लुम्बिनी इन्योरेन्सका यज्ञ सापकोटा, यूनाइटेड अजोड़ इन्शुरेन्सका रविन कुमार भट्ट, नेपाल इन्स्योरेन्सका बिबस ओली, नेसनल इन्सुरेन्सका रुचि गुप्ता निर्वाचित हुनु भएको महासचिव मिनराज शाहीले जानकारी दिनुभयो । 


महासचिवका अनुसार आगामी दिनमा इन्स्योरेन्स क्षेत्रमा हुने विविध समस्यामा यो कार्यसमिति लागि पर्नेछ । यस संस्थाका कानुनी सल्हाकार महेश बस्नेतले संस्थाको विधान ऐन बमोजिम नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको छ । 

Post a Comment

Previous Post Next Post