श्रमिक दिवशको अवसरमा जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा निशुल्क स्वास्थ्य शिविर

 श्रमिक दिवशको अवसरमा जिफन्ट र लाइफलाइन हस्पिटलद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा नेपालगञ्जका श्रमिकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

जिफन्ट बाँकेको आयोजना भएको श्रमिक दिवस कार्यक्रममा श्रमिकहरुको निशुल्क स्वास्थ्य जाँच गरिनुका साथै औषधि प्रदान गरिएको थियो ।

लाइफलाइन हस्पिटल नेपालगञ्ज र जिफन्ट बाँकेको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत महिला रोग विशेषज्ञ डा. क्रिष्टिना श्रेष्ठले श्रमिकको स्वास्थ्य जाँच गरेको जिफन्ट बाँके अध्यक्ष कृष्णबहादुर बुढाले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका–१३ जिल्ला निर्वाचन कार्यालय बाँकेको परिसरमा भएको स्वास्थ्य शिविरमा एक सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । हरेक दिन काममा ब्यस्त रहने श्रमिकले आफ्नो स्वास्थ्य जाँचमा समय दिन नसकेको अवस्थालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गरिएको जिफन्टले जनाएको छ । ‘गरिवीका कारण औषधि किन्न नसक्ने श्रमिकको रोग पहिचान गरि चिकित्सकको सल्लाहमा औषधि निशुल्क रुपमा प्रदान गर्यौँ,’ उनले भने । स्वास्थ्य शिविरमा उच्च रक्तचाप, सुगर, ग्याष्ट्रिक, टाउको दुख्ने, आँखा रोग जस्ता समस्या देखिएको डा. पारस श्रेष्ठले बताए । ‘विपन्नता र कार्य व्यस्थताका कारण मजदुरहरु स्वास्थ्य समस्या हुँदासमेत आफ्नो स्वास्थ्यको ख्याल नगरेकोे देखियो,’ उनले भने । उनले मधुमेह र प्रेसरले मिर्गौला, कलेजो लगायत शरिरका विभिन्न अंगमा असर पार्ने भएकोले समय–समयमा स्वास्थ्य जाँच गराउन सल्लाह दिएको बताए । ‘रोग लागेपछिमात्र नभई शरिरको अवस्था जाँच्न समय–समयमा रगत, पिसाव जाँच गराउन सल्लाह दिएका छौ!

Post a Comment

Previous Post Next Post