दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औ शाखा उद्घाटन

नारायण रिजाल, दैलेख | देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल  बैंक लि. को २६८औ शाखा दैलेखको दुल्लुमा आजदेखि औपचारिक रुपमा समुदघाटन भएको छ। बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ ददुल्लू शाखा विस्तार गरिएको हो । 

दुल्लू  शाखाको उद्घाटन प्रमुख अतिथी दुल्लू नगरपालिकाका नगर प्रमुख भरत प्रसाद  रिजाल , नबिल बैंकका डिपुटी सिइयो मनोज कुमार  ज्ञवलिले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ज्ञावलिले ,दुल्लू  क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

यस बैंकको उपस्थितिले खुसी तुल्याएको प्रमुख अतिथी रिजालले बताए । उनका अनुसार स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहनेछ । दुल्लू नगरपालिका परिसरमा  हुने बैंकिङ सेवा विस्तारले दुल्लू नगरपालिका तथा अन्य पालिकाका जनता, ब्यापारी, कृषक, विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुनेछन् ।

दुल्लूनगरपालिकामा  बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको ज्ञावलि ले बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ ।’ 

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो ।बैंकले देशभर दुल्लू शाखा सहित  २६८ वटा शाखा बिस्तार गरि सेवा प्रवाह गरिरहेको छ ।






Post a Comment

Previous Post Next Post