बालबिवाह रोकथाम तथा व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजना अन्तर्गत बिरेन्द्रनगर नगरपालिका वडा नं २ वडा संगको समन्वय र वडा नं २ का टोल विकास संस्थाहरुसंगको समन्वयमा आवाज संस्था द्वारा आयोजना गरि सम्पन्न गरियो।
यो आयोजना विभिन्न पाँच पटक गरि १५० वटा पुरुषहरु लाभान्वित भए कार्यक्रमले गर्दा पुरुषहरुले आफ्नो परिवारमा चाहिँ सबै कुराहरू पुरुषहरुको नै हो पुरुषहरुले नै सर्वस्व हो भन्ने भाष्य छ यस भनाइ र बुझाइलाई कम गरेर महिलाहरुलाई पनि आफ्नो परिवारमा केही गर्न खोजेमा वा पढ्न खोजेमा अथवा अन्य अवसरहरुमा महिलालाई पनि पुरुषले साथ सपोर्ट दिने प्रतिबद्धता दिएका छन्।
यस कार्यक्रमले समाजमा पुरुषहरुको के कर्तव्य हुन्छ सामाजिक परम्परा मान्यताहरू के के हुन्छन र हानिकारक अभ्यासहरु के के छन् र त्यस्ता हानिकारक अभ्यासहरुले चाहिँ समाजमा किन व्यापक रूपमा रहिरहेको छन् जस्तै बालबिवाह, छाउपडी प्रथा, बहुविवाह, महिलामाथि दुव्र्यवहार यस्ता कुराहरु चाहिँ समाजका नकारात्मक अभ्यासहरु हुन तर कानुन हुँदाहुँदै पनि किन यस्ता हानिकारक कुराहरुले निरन्तरता पाइरहेका छन भन्ने विषयमा ब्यापक छलफल गरिएको थियो।
त्यसैगरी लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि पुरुषहरुको के भुमिका हुन्छ वा लैङ्गिक समानता कायम गर्नमा पुरुषको के भुमिका रहन्छ भन्नेबारेमा पनि ब्यापक छलफल गरिएको थियो आवाज संस्था सुर्खेतकि संयोजक संगिता ओलीले कार्यक्रमको जानकारी दिनुभयो।
Post a Comment