जबर्जस्ती करणी गरेको अभियोग मा दुईजना पक्राउ

 दैलेखमा पछिल्लो समयमा आत्महत्या, बलत्कार जस्ता घटनाहरु बढिरहेका छन ।


दैलेख को दुल्लु नगरपालिका वडा नं १२ बस्ने करिब २३ बर्षिय मनोज सुनारले १९ बर्षिय परिवर्तित नामथर ६२ “ख ७३” लाई बेलुका करिब ५:३० बजेतिर जबर्जस्ती करणि गरेको उजुरि पछि जिल्ला प्रहरी कार्यलय दैलेखले खड्कालाई पक्राउ गरेको छ ।

यस्तै ,जाजरकोट जुनिचाँदे गाउपालिका वडा नं ९ बस्ने करिब १८ बर्षिय रमेश खड्काले १८ बर्षिय परिवर्तित नामथर ६२”ख ६८” लाई दिउँसो ३:०० बजे जबर्जस्ती करणी गरेको अभियोग मा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दैलेखका डिएसपी भुनेश्वर शाहले जानकारी दिएका छन्। थप अनुसन्धान का लागि जिल्ला अदालत दैलेख बाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी शाहले बताए ।

Post a Comment

Previous Post Next Post