लोकप्रिय बन्यो ‘उकुस मुकुस’ ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा (भिडियोसहित)

काठमाडौं । नेपाली हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ ले दर्शकको मन जित्न सफल भएको छ । आमा अग्निकुमारी मिडियाद्वारा प्रसारण भइरहेको टेलिचलचित्र ‘उकुस मुकुस’ ले छोटो समयमै युट्युबको ट्रेन्डिङमा स्थान ओगटन सफल भएको छ । यसको ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा छ ।

‘उकुस मुकुस’ मा दिलीप तामाङ हुरहुर, वेदना राई मैना, सोहन थापा मूर्ति, दीपेन्द्र प्रसाईं, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, श्याम बुढाथोकी, जयनन्द लामा, रामचन्द्र अधिकारीलगायत कलाकारको अभिनय देख्न सकिन्छ । यस्तै सुरेश न्यौपाने, उन्नति नेपाली, सस्मिता गिरी, अशोक शिवाकोटी, अस्मिता खनाल, देवराज जोशी, भुइँसाल लामा, धनराम मुस्कान, रोहित कार्की, प्रशान्त भट्टराईकोसमेत अभिनय ‘उकुस मुकुस’ मा देख्न पाइन्छ ।


सीतादेवी तिमिल्सेना र दिलीप तामाङ हुरहुरको निर्देशनमा बनेको ‘उकुस मुकुस’ मा गाउँ-घरमा प्रयोग हुने झर्रा शब्द राखिएको छ । दर्शकहरुले पनि ‘उकुस मुकुस’ लाई नेपाली माटो सुहाउदो हांस्यव्यंग्य टेलिचलचित्र भनेर प्रशंसा गरेका छन् ।

‘उकुस मुकुस’ का कलाकारहरुको जीवन्त अभिनय, उत्कृष्ठ कथा संयोजनले नै दर्शकको माया पाउन सफल भएको निर्माण टिमले जनाएको छ । दर्शकहरुले पनि हास्य टेलिचलचित्र ‘उकुस मुकुस’लाई उत्कृष्ठ रहेको भन्दै युट्युब कमेन्टमा प्रशंसासमेत गरेका छन् । युट्युबमा कमेन्ट गर्दै सापकोटा प्रकाशले लेखेका छन्, ‘कसम जन्मेदेखि अहिले सम्मन यस्तो राम्रो सिरियल हेरेको छैन सारै मन छोयो ।’ यस्तै सोम गुरुङले कमेन्टमै लेखेका छन्, ‘धेरै पछि मौलिक कथा अनि व्यथा साथै रमाइलो पनि लाग्यो हेर्न साह्रै राम्रो बनेछ शुभकामना ।’


हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ मा कला/वेशभूषा रमेश मगरको छ । उनको काम पनि तारिफयोग्य मानिन्छ । रमेशले गाउँले जीवन र परिवेश सुहाउँदो वेशभूषा तयार गरेका छन् । मेकअप भने जीवन पासा र गणेश खड्काको छ । पटकथा र संवाद भने केदारप्रसाद घिमिरे माग्ने बूढा र दिलीप तामाङकै छ । हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ को निर्माता भने नकुल भट्टराई हुन् ।

Post a Comment

Previous Post Next Post