३ बर्षे स्नातक तेस्रो बर्षको नयाँ परीक्षा तालिका सार्वजनिक


 काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे स्नातक तेस्रो वर्षको मानविकी तथा शिक्षा संकायको परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी सूचना हेर्नुहोस्!

Examination Schedule: 3 Yrs Bachelor Level 3rd Year – 2078

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन हुने तिन वर्षे स्नातक तह तेस्रो वषको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका अांशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेटे परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो कार्यक्रम प्रकाशित गरीएको छ । साथै परीक्षार्थी आफूले परीक्षा दिनु पर्ने कुन कुन कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ यसमा अन्यथा हुन गएमा त्रि.वि प.नि.का जवाफदेही नहुने कुरा पनि  यसै सूचनाद्वारा  सम्बन्धित सवैलाई जानकारी गराइएको छ ।

परीक्षा समयः १२ः०० बजेदेखि ३ः०० बजेसम्म ।

3 Yrs B.A.  3rd Year परीक्षा समयः १२ः०० बजेदेखि ३ः०० बजेसम्म ।

 

DateSubjects/Code No.
2078/11/13B.S./Geo./Hist./ Linguistic./ NeHca -314 / FS-321- Acting /Direction/Editing / MPP/ Audio_
2078/11/15Eng./Hindi/ Maithili/ Nep./NB./ Sans.-314/ FS.-323/Acting/ Direction /Editing/ MPP/ Audio_
2078/11/16Psy./ Dan./ JMC /Eco./ Mus./Pop. Std/ R.D./RUR.- 314/ FS.-322–Acting/ Direction /Editing/MPP / Audio_
2078/11/18Math./ Stat.- 331/ Pol. Sc./ H. Sc.- 314
2078/11/19B.S. / Geo./ Hist./ Linguistic./ NeHca.-315
2078/11/20Phil./  Soc Work./ Socio./Anthro. AN.-314/ FS.-324-Acting/ Direction/Editing/ MPP/ Audio_/So.-404
2078/11/22Eng. / Hindi / Maithili/ Nep./ Sans./ NB.- 315
2078/11/23Math/Stat-332
2078/11/25Phil. / Soc. Work ./ Socio./Anthro./ AN-315/So.-405
2078/11/26Dance./JMC./Mus./Pop. Std./ R.D./RUR./ Psy./Eco .-315
2078/11/27H. Sc. / Pol. Sc.- 315 / Math-333
2078/11/29All Functional Papers-316 /So.- 406, Math–334,335,336

                                                 

3 Yrs B.Ed.  3rd Year  परीक्षा समयः १२ः०० बजेदेखि ३ः०० बजेसम्म ।

 

DateSubjects/Code No.
2078/11/13Specialization :  Eco. Ed./Eng. Ed./Geo.Ed./Hp.Ed./Hist.Ed./Math.Ed./ ICT.Ed./g]kflz=/Pol.Sc.Ed./ Pop.Ed/ Sc.Ed. /Bus. Ed. / Ind. Ed.-331/Eco.Ed.-332
2078/11/15Elective & Interdisciplinary:  Ecd. Ed. -321/ Bus.Ed.-308/ICT.Ed.-311
2078/11/16Elective Group A: Eng.Ed. / g]kf lz=/HP.Ed./Math.Ed./Ict.Ed./ Sc.Ed.-333/Pol.Sc.Ed./ Geo. Ed. / Pop. Ed./ Hist Ed.-316/ Ind. Ed.- 306
2078/11/18Interdisciplinary: Eng.Ed.-321/Sc.Ed./ Pop.Ed./ So.St.Ed./SJ.Ed.-338/Math.Ed.- 316/ Eco.Ed.- 322/Sc.Ed.-339
2078/11/19Elective Group B: Ind.Ed.-308/ Elective & Interdisciplinary NF.Ed. -321/ICT.Ed.-312,334
2078/11/20Elective& Interdisciplinary: P.Ed. -301/ P.Ed.-302-Child Development/Primary Education in Nepal_
2078/11/22HPE. -336/ NF. Ed. / ECD. Ed. -322
2078/11/23 Elective Group B: HPE./Geo.Ed./Hist.Ed./Eco.Ed./Pol.Sc.Ed.-317/Sc..Ed.-334,335,336/ g]kf lz= #@@,##$/HPE-316/Eng.Ed.-335,336,337/ Pop Ed.-321,322/ Math .Ed.-334

यसै कार्यक्रमानुसार ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई दोव्वर दस्तुर सहित २०७८ माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ माघ २५ गते भित्र र प्राइभेट परीक्षार्थीहरुले २०७८ माघ २४ र २५ गतेका दिन आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

  1. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
  2. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
  3. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्भदकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
  4. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
  5. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
  6. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
  7. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
  8. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
  9. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।
  10. परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।

Post a Comment

Previous Post Next Post