नारायण र दुल्लु जोड्ने पक्की पुलको शिलान्यास

 शिवराज सारु मगर दैलेख,                                                     दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिका जोड्ने पक्की पुलको शिलान्यास  आज विहान भएको छ । नारायण नगरपालिका–९ र दुल्लु नगरपालिका–११ को सिमाना छामघाट खोलामा मोटोरेवल पक्की पुलको शिलान्यास गरिएको हो ।



 नारायण र दुल्लु नगरपालिकाको सिमाना छामघाट खोलास्थित लखतडामा पक्कि पुलको शिलान्यास कर्णाली प्रदेश सभाका सदस्य सुशील थापाले गरेका छन् । थापा दैलेख निर्वाचन क्षेत्र २ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सांसद हुन् । त्यसैगरी दुल्लु नगरपाालिकाका अध्यक्ष  घनश्याम भण्डारी र नारायण नगरपालिका वडा-९ का वडा अध्यक्ष ढाल ब.थापा लगायत जनप्रतिनिधिहरुको उपस्थितीमा पुलको शिलान्यास गरिएको हो ।



पुलको शिलान्यास गर्दै सांसद थापाले पुल निर्माणमा जनप्रतिनीधि र स्थानीय बासीले सहजिकरण गर्ने र तोकिएकै समयभित्र निर्माणको काम सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन्  । उनले लामो समयको प्रयत्नपछि पुल निर्माणको कामले गति लिएको बताए ।



कर्णाली प्रदेश सरकारले ४ करोड ५७ लाख रुपैँया लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मार्फत पुल निर्माण गर्न थालेको हो । पुलको ११ मिटर चौडाई र ५० मिटर लम्वाई स्टेमेन्ट रहेको छ । पुल निमार्णको ठेक्का सपना आर.बी जेभीले  पाएको छ l

Post a Comment

Previous Post Next Post