शिक्षा क्षेत्रमै भ्रष्टचार एक उदाहण दैलेखको भैरवी गाउपालिका स्थित अादर्श मा वि

via प्रशान्त शाही भैरवी,

 यतिवेला भ्रष्ट्राचारको थलोको रुपमा हरेक सरकारी विद्यालय बन्ने गरेका छन । विद्यालयमा राजनिति चल्छ अनि मनपरि चल्छ जहाँ जे गरेपनि छु्ट छ । विद्यार्थीहरुलाई पढाए पनि तलब पाइन्छ नपढाए पनि तलब पाइन्छ । अनि जहाँ शिक्षकहरु राजनितिक कार्यकता बन्ने र सर्वसाधारणको आँखामा छारो हाल्न सिपालु छन भन्दा कत्ति फरक पर्दैन ।

यतिवेला दैलेखको भैरवी गाउँपालिका ६ मा रहेको श्री आर्दश मावि घुम्नेखाली दैलेखको कालो कर्तुत बाहिर आएको छ । जिल्लाकै एक पुरानो नाम चलेको र हाल केहि वर्षदेखि प्राविधिक धारको वाली विज्ञान समेत सञ्चालन गर्दै नाम जस्तै काम बनाएको विद्यालयको इज्जत त्यहाँका शिक्षक र विद्यालय व्यवस्थापन समितिका केहि पदाधिकारीहरुको मिलेमत्तोमा माटोमा मिसिन पुगेको छ ।
त्यतिमात्र होइन भैरवि गाउँपालिकाकै अर्को विद्यालय श्री महादेव माध्यामिक विद्यालय पानीपोखरा भैरवि ७ को इज्जत पनि यतिवेला एउटै कामको कारण कालो बन्न पुगेको छ । जहाँ यि २ विद्यालयको साँटगाँठमा कैयौ किर्ते कामहरु भएको पाइएको छ ।

गाउँपालिकाले आर्दश माविको कम्प्युटर ल्यावबको लागी केहि समय अघि ५ लाख र यस पटक गत आर्थिक वर्षमा १० लाख रकम बिनियोजन गर्यो ।
आर्थिकवर्ष÷असार सकिनै लाग्दा रकम भुक्तानी गर्नुपर्ने भएकोले उपाध्यक्ष देवि भण्डारी सहितको टोलि महादेव मावि भैरवि ७ मा रहेको कम्प्युटर ल्यावको अनुगमनमा पुग्यो जहाँ भनेजस्तै सामानहरु देखिएपछि रुजु गर्दै श्री आदर्श मावि भैरवि ६ मा पुग्यो जहाँ पुग्दा कम्पप्युटर ल्याबको अनुगमनका लागी पुग्यो जहाँ पुग्दा शिक्षकहरुले ताला खोल्ने साँचो नभएको र भोलि आउन अनुरोध गरे । त्यसपछि अनुगमन टोलि फर्कियो ।
भोलिपल्ट आदर्श माविको उक्त आइसिटि ल्यावको अनुगमनमा पुग्दा नयाँ कम्प्युटरहरु जुन भने बमोजिम सजाइएको थियो । तिनै कम्प्युटरहरुलाई रुजु गर्दै आवश्यक प्रक्रिया पुरा गरेर उपाध्यक्ष सहितको टोलि फर्कियो र गाउँपालिका कार्यालयलाई रकम भुक्तानीका लागी प्रतिवेदन प्रस्तुत गर्यो ।
गाउँपालिका लेखा शाखाबाट बिनियोजन रकम १० लाख पनि भुक्तानी भयो ।
रकम भुक्तानी भएको २ दिन नबित्दै आदर्श माविको कालो कर्तुत बाहिरियो ……
अघिल्लो दिन कोठाको चाबि नभएको र भोलिपल्ट सजाएर देखाइएका ति कम्प्युटर र उपकरणहरु उसले महादेब माविको ल्याबबाट रातारात ल्याएर मात्र देखावटि अनुगमनका लागी सजाइएको तत्य वाहिरियो । वर्षाको समयमा रातारात माथिबाट तल र तलबाट माथि डोकोमा बोकेर ल्याइ एकछि सजाएर देखाउने अनि बिल पास गराएर ति कम्प्युटरहरु फिर्ता गरेको दुनियाँले देखेपछि चौतर्फी त्यसको विरोध गरेका छन ।

त्यसपछि गाउँपालिकाको एक टोलि आदर्श माविमा पुग्दा जहाँ अघिल्लो दिन सजाइएका कम्प्युटरहरु थिएनन् खालि कोठामात्र शुनसान थियो । त्यसपछि पुन सबैठाँउमा विद्यालय परिवार र शिक्षकहरुले ताला लगाएर कहाँ गए पत्तै भएन ।
मंगलबार भैरवि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, योजना शाखा प्रमुख, इन्जिनियर पत्रकार सहितको टोलि पुन आदर्श माविको उक्त आइसिटि ल्यावको अनुगमनमा विद्यालय पुग्दा सबै कोठाहरुमा ताला मात्र भेटियो । केहि स्थानियहरुले पनि सो घटनाबारे जानकारी नभएको बताए भने केहि स्थानियहरुले रातभर र विहान सम्म ति कम्प्युटरहरु ओसारपसार गरिरहेको बताएका छन । साथै विद्यालय सहयोगि समेत यतिवेला फरार छन उनलाई समेत कव्जामा राखेर भुमिगत बनाइएको छ । विद्यालयका प्रअ र अध्यक्ष समेत कहाँ छन कसैलाई जानकारी छैन ।
यसबारे भैरवि गाउपालिकाका अध्यक्ष रिता शाहीले शिक्षामा समेत भ्रष्ट्राचार हुनु राम्रो नभएको भन्दै आफुहरु सरकारी सम्पतिको गोठालो भएकोले त्यसको सत्यतथ्य छानबिन हुने बताउनुभएको छ ।

प्रत्यक्ष अनुगमन गर्दै आउनुभएका उपाध्यक्ष देवि भण्डारीले विद्यालयले आफुहरुलाई समेत बदनाम गराउनेमात्र नभएर कानुन मिच्ने काम भइरहेको भन्दै पहिलो अनुगमन र यसपटकको अनुगमन फरक पाइएकोले त्यसको आवश्यक कार्वाहीको लागी आफु तयार भएको बताउनुभयो ।

भैरवि गाउँपालिका योजना शाखा प्रमुख हरि थापाले पनि अनुगमनमा आउँदा सामान र विल सहित दाखिला फाराम सहित देखिएकोले भुक्तानी गरेको र हाल सामान नभएकोले अचम्ममा परेको बताउनुभयो ।

यता भैरवि गाउँपालिका ६ का वडाध्यक्ष तुल बहादुर हमालले विद्यालयको काम प्रति आफुहरु लज्जित भएको भन्दै गलत क्रियाकलापको भण्डाफोर गर्दै कानुन बमोजिम कार्बाहि हुने र त्यसको लागी सम्बन्धित निकायलाई सहयोग गर्ने बताउनुभयो ।

उक्त क्रियाकलापमा २ विद्यालयहरु श्री आदर्श मावि र श्री महादेव माविको संलग्नता रहेको प्रष्ट देख्न सकिन्छ । श्री आदर्श माविका विव्यस अध्यक्ष शिक्षकहरु र प्रअलाई भेट्न नसकिएपनि श्री महादेव माविका प्रअ डिल्लीराम आचार्य भने घटनाबारे जानकारी भएपछि हतारमा सुर्खेतबाट फर्किदा बाटोमा भेट भयो । जस घटनाबारे उहाँले आफुलाई कुनै जानकारी नभएको र ति कम्प्युटरहरु आफुले दिन नलगाएको साथै कसैले गलत गरेको पाइएमा कानुन बमोजिम कार्वाही हुने र आफु पनि त्यसको भागेदार हुने बताउनुहुन्छ ।

घटना बारे भैरविका स्थानियबासीहरुले पनि प्रत्यक्ष जानकारी भएको बताएका छन भने कम्प्युटहरु तलबाट माथी र माथीबाट तल बोक्ने भरियाहरुले समेत १४ वटा खुल्ला कम्प्युटर रहेको बताएका छन ।

यसरी मुख्य गरेर आदर्श मावि परिवारको किर्ते कागजात र उसलाई सहयोग गर्ने महादेव विद्यालय परिवारको मिलेमतोमा यो घटना भएको प्रष्ट देखिन्छ । कसरी विद्यालय परिवारले दाखिला रिपोर्ट र भ्याट बिल तयार गर्दै अनुगमन समितिको आँखामा छारो हाल्न सफल भयो त्यसबारे वृहत छानबिन हुनु जरुरी छ अनि दोषि उपर कडाभन्दा कडा कार्बाही आजको आवश्यकता हो ताकी भोलिका दिनमा त्यस्तो गल्ति गर्ने हिम्मत कसैले नराखोस र विद्यालय जस्तो पवित्र संस्थाको इज्जत शुरक्षित होस ।


picture credit by dipendra karki bastakoti


source bhooglemedia 

Post a Comment

Previous Post Next Post