प्लास्टिक सर्जन डा. कर्णद्धारा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा



नेपालगन्जः डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ नेपालगन्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहनुभएको छ ।



आगामी मंसिर ४ गते हुने निर्वाचनमा उहाँले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उहाँले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको भन्दै अगाडि भन्नुभयो–‘मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेर्ने मेरो चाहना छ ।’

डा.२०७४ मा पनि विवेकशील साझाबाट यही क्षेत्रमा चुनाव लड्नु भएको थियो ।

Post a Comment

Previous Post Next Post