५ आकाशे पुल निर्माण मन्त्री मोहम्मद ईस्तियाक राईद्धारा शिलान्यस

५ आकाशे पुल निर्माण  मन्त्री मोहम्मद ईस्तियाक राईद्धारा शिलान्यस
४ भदौ,बाँके । नेपालगञ्जमा आकाशे निर्माणका लागि शनिबार शिलान्यास भएको छ । रत्न राजमार्ग अन्तर्गत जमुनाह–राँझा सडक स्तरउन्नती (अस्फाल्ट ओभरले) र सडक बत्ती तथा जमुनाह – कोहलपुरमा पैदल यात्रु आकाशे पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शिलान्यास गर्नुभयो ।


शिलान्यास गर्दै मन्त्री राईले विकासको विरोध गर्ने तथा जात,जाती, भाषाभाषी र सम्प्रदायको नाममा राजनीति गर्नेहरु विरुद्ध जनता सचेत भईसकेको बताउनभयो । मन्त्री राईले नेपालगञ्जमा भर्खरै शिलान्यास भईरहेका नयाँ योजनाहरु बजेट सनिश्चित भएपछि मात्रै टेण्डर प्रक्रियामा गएको समेत बताउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालगञ्जमा शिलान्यास भएका योजनाको निर्माण कार्य पुरा हुदैन कि भनेर कुनैपनि प्रकारको द्धिविधा नराख्न आग्रह गर्नुभयो । उहाँले हाल शिलान्यास भएका बाहेक थप योजनाका लागि समेत काम अघि बढाइएको बताउनुभयो । सडक विभागका महा निर्देशक अर्जुनजंग थापाले नेपालगञ्ज र कोहलपुरमा ५ वटा आकाशे पुल, सडकबत्ती, टाफिक लाईट र अस्फाल्ट सडकको काम एकवर्षभित्रै सम्पन्न हुने जानकारी दिनुभयो ।
नेपालगञ्जको जमुनाहदेखि राँझासम्म अस्फाल्ट ओभरले, सडक बत्ति, ट्राफिक लाईट, नेपालगञ्जमा चारवटा र कोहलपुरमा एउटा गरि ५ वटा आकाशे पुलको काम एकसाथ अघि बढाइएको छ । यसैगरी मन्त्री राईले शनिबार नै डुडुवास्थित राप्ती नदी पुल र डुडुवा खोला पुलको शिलान्यास र हुलाकी सडक स्तरउन्नतीको लागि शिलान्यास गर्नुहुने छ । भने सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला लगायतले मन्त्री राईलाई जिल्लाबासीको नाताले जिल्लाभित्र योजना पार्न प्राथमिकता दिन आग्रह गर्नुभयो ।

Post a Comment

Previous Post Next Post