शिक्षा क्षेत्रमा जनचासो र भौतिक संरचना निर्माण सम्बन्धी नीति बनाउन अध्यक्ष रावलको भुमिका।

अछाम/ भाद्र/२गते पन्चदेवल विनायक नगरपालिका वडा न-६ तोलिको आयोजनामा यस वडाका सम्पुर्ण सामुदायिक विधालयको वि .व्या .स अध्यक्ष र प्र.अ हरुकोविच शैक्षिक, गुणस्तर सुधारका लागि एक दिने अन्तरक्रिया कार्यक्रम वडा अध्यक्ष श्री कमल रावलको अध्यक्षता र पञ्चदेवल विनायक नगरपालिकाका शिक्षा अधिकृत श्री डम्बर बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो। सो बैठकमा तोलीका संपूर्ण विद्यालयहरुको आर्थिक सामजिक अनि भौतिक संरचना निर्माण कामहरू सम्बन्धी विविध निर्णय गरिएको अध्यक्ष कमल रावलले भन्नुभयो।

यही बैठकको प्रथम चरणमा यो वर्षको तथ्यांकमा SEE मा राम्रो रिजल्ट नल्याएको विद्यार्थीको अभिभावकसंग अन्तर्क्रिया सुरु गरिएको थियो।
सोही बैठेकमा विद्यालयहरूमा लागू गर्ने निम्न अनुसार बुँदाहरू कार्यान्वयनमा ल्याउनुपर्ने खुलाइएको छन्।

:मासिक बैठक अन्तिम शुक्रबारका दिन गर्नु पर्ने। :विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन र अभिभावक प्रतिको दायीत्यो निभाउन। : शिक्षक,शिक्षिकाहरु नियमित रूपमा विद्यालय आउने र विद्यार्थीको पढाइ प्रति आफ्नो भूमिका सम्बन्धी नीति बनाउने। :शिक्षा क्षेत्रमा रहेका समस्या तथा समधानको विषयमा अन्तर्क्रिया कुराहरू र विद्यालयको SEE काे नराम्रो नतिजाको बारेमा विशेष सहानुभूति समन्धि कुराहरू पहिलो प्राथमिकता रहेको छन्। बैठकको प्रमुख अतिथिमा शिक्षा अधिकृत डम्बर थापाले आउँदो समयमा यहाँको विद्यालयहरू राम्रो नमूना भित्र पर्न सकुन् विद्यार्थीहरुलाई शिक्षक हरुले राम्रो पठन पाठन स्थरमा थप सुझाव सल्लाह दिन सकुन् भन्ने आशा रहेको कुरा माध्यमिक विद्यालयका प्रअ अक्कल बहादुर रावल सहित उपस्थित भएका सबैको अगाडी बताउनु भयो। जसमा प्र अ अक्कल बहादुर रावल समक्ष भन्नु भयो भावि दिनहरूमा बालबालिकाको लागि शैक्षिक अवस्था बुझ्न र बुझाउनका लागि घरका अभिभाबक र विद्यालय व्यापस्थपानको मुख्य भूमिका हुनुपर्ने र साथै शिक्षक र विद्यार्थीको संयुत्त बैठेक बस्नुपर्ने वार्ड अध्यक्ष कमल रावलले जानकारी दिनुभयो।

Post a Comment

Previous Post Next Post