सुर्खेत क्षेत्र नम्बर १ मा मोहम्मत हसरत अलीको रा.स्व.पा उम्मेदवारी

मोहम्मत हसरत अलीले सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनले आफूलाई प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचत गराउन सुर्खेत क्षेत्र नम्बर १ का जनतासँग साथ मागिरहेका छन् । स्थापित पार्टीभन्दा संगठन बिस्तारका क्रममा रहेको रष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले उम्मेदवारी दिएका छन् । तर उनी दृढ आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको बताउँछन् ।
यतिखेर मोहम्मत हसरत अली को प्रतिनिधि सभा सदस्यका रुपमा उम्मेदवारीलाई सुर्खेत क्षेत्र नम्बर १ मा अर्थपूर्णरुपमा हेरिएको छ । उनलाई स्थापित राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिनसक्ने व्यक्तिका रुपमा हेरिएको छ । उनी आफू जनताका मुद्धाको राजनीति र राज्यका खोटपूर्ण नीतिहरुको सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले आफूले यहाँका हरेक घरघरको स्थिति, उनीहरुको आर्थिक र समाजिक स्थिति, जनताका अपेक्षा र चाहनाहरु, यहाँका वास्तविक समस्याहरु, समस्या समाधान हुन नसक्नुका कारणहरु एवं तिनको समाधानका उपायहरु थाहा रहेको बताउँछन् । संसदमा सदस्यका रुपमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न प्रतिबद्ध रहेको बताउँदै मोहम्मत हसरत अलीले भने, ‘म प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु नै मेरो एक किसिमको जित हो । म यहाँका नागरिकहरुलाई उनीहरुलाई कसरी ठगिएको छ भन्ने कुरामा सुसुचित गर्छु ।म राजनीति नैतिकतासहितकै गर्छु । सुर्खेतका जनतालाई अरुले जस्तो निराश बनाउँदिन ।’

Post a Comment

Previous Post Next Post