सात बर्ष देखि वि.व्य.स विहिन विद्यालय जहाँ कक्षाकोठामा न गतिला झ्याल छन न गतिला ढोका

नारायण रिजाल [प्रधान सम्पादक] दैलेखको दुल्लू नगरपालिका वडा नं ५ स्थित श्री नेपाल राष्ट्रिय अाधारभूत विद्यालय रिजु पोखरामा झण्डै सात वर्ष पुग्न लाग्दा पनि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । उक्त विद्यालयमा वि.व्य.स गठन नहुदा विद्यालयको रेखदेख, संचालन, भौतिक पूर्वाधार निर्माणका काम, शिक्षकहरुको सरुवा बढुवा तथा अभिभावहरुसंगको समन्वय जस्ता काममा भनेजसरी निर्णय र व्यवस्था गर्न नसकिएको गुनासो सरोकारवालाहरुले गर्दै आएका छन् ।

 
अझ लज्जास्पद कुरा के हो भने यस विद्यालमा वि.व्य.स त छैन छैन तर कक्षाकोठामा न झ्याल छन न गतिला ढोका ।

यस विद्यालयमा बालबालिकाको सिकाइको स्तरलाई हेर्ने हो भने यस विद्यालयका कक्षा २ र ३ मा गरेको सिकाइ जाँचमा करिब ८० प्रतिशत बालबालिकाले सामान्य वाक्य समेत शुद्धसँग पढ्न सकेनन् । गणितका सामान्य समस्या पनि समाधान गर्न सकेनन् । यसबाट देखिन्छ, विद्यार्थीले जान्नुपर्ने न्यूनतम कुराहरू पनि सिक्न सकिरहेका छैनन् ।

हरेक पटक दलहरूले दोहोर्‍याइरहने नारा भनेको गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, व्यावहारिक शिक्षा र निःशुल्क एवं गुणस्तरीय शिक्षा नै हो । तर त्यो सवाल कसैले पनि कसरी कार्यान्वयन गर्ने भनेर उल्लेख गरेको पाइँदैन । विद्यालय शान्ति क्षेत्र भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि सबैभन्दा बढी राजनीतिक हस्तक्षेप हुने स्थान भनेको विद्यालय नै बनेको छ ।

 

नगरपालिकाले शिक्षा ऐन निर्माण र कार्यान्वयन गर्नुको साटो विद्यालयहरुलाई निर्देशन गरी सीमित व्यक्ति राखेर विद्यालय व्यवस्थापन समिति गठन गरी आवश्यक काम कारवाहीहरु गर्दै आएको छ । सरकारी विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनीतिक दलहरुबीच समितिका सदस्यहरुको छनौटका लागि भागबण्डा हुँदै आएको छ । तर यस विद्यालयमा सहमति हुन नसकेका कारण अझैसम्म पनि गठन भएको छैन ।

२०७४ सालमा स्थानिय चुनाव भयो त्यसमा नेपाली कांग्रेसले वडा अध्यक्ष र नगरप्रमुखको जित हात पार्यो तर ५ बर्षे कार्यकालमा यस विद्यालय मा वि.व्य.स गठन हुन सकेन । २०७९ को निर्वाचनमा वडा अध्यक्ष ने.क.पा एमाले ले र नगरप्रमुख नेपाली कांग्रेसले विजय हासिल गरि कार्यकालको झण्डै १० महिना वितिसक्दा पनि वि.व्य.स गठनमा कुनै चासो दिएको छैन अझ भनैा "यस विद्यालयलाइ यि राजनितिक दलहरू ले अाफ्नो दल को दल दल मा यसरि फसाउन लागेका छन जसरि खोलाको दलदलमा अड्केको बस्तु बाहिर निकाल्न कठिनाइ पर्छ त्यसरि नै यो विद्यालय अाफ्नो राजनितिक दलको दल दलमा फसोस" । दलहरूले आफ्नो घोषणापत्रमा प्रतिबद्धताहरू गरे । प्रतिबद्धता अनुसार काम गरेको भए सायद आज विश्वले काम कसरी गर्नुपर्दछ भन्ने नेपाल र नेपालका दलहरूबाट सिक्ने थियो होला । तर, विडम्बना घोषणापत्रहरू कागजमा नै सीमित भए । झुटा आश्वासनमै विलिन भए । चुनाव सकिनासाथ चिहानमा पुगे ।

कुनै पनि दलले हामीले गत निर्वाचनमा के प्रतिबद्धताहरू गरेका थियौं, के पूरा गर्‍यौं, बाँकी के कारणले गर्न सकेनौं भनेर समीक्षा गर्ने गरेको पाइँदैन । न त जनताले नै चुनावी घोषणापत्रहरूमा गरेका प्रतिबद्धताहरूका आधारमा प्रश्न गर्ने गर्दछन् । त्यसैले घोषणापत्रहरू झुटा कागजहरूमा मात्रै सीमित बनेका छन् ।





विव्यसको अध्यक्ष अभिभावकले चुनेका २ महिला सहित ४ जना, वडाध्यक्ष या वडा समितिको प्रतिनिधि १ जना, शिक्षक प्रतिनिधि १ जना र प्रधानाध्यापक १ जना गरी ७ जनाले चुनेका स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी तथा चन्दादाताहरुमध्येबाट मनोनित १ महिला सहित २ जनाले चुन्नुपर्ने कानुनी प्रावधान छ । शिक्षक प्रतिनिधि र प्रअ बाहेक जोसुकै १ जनालाई सो समितिले विव्यसको अध्यक्षमा बैठक बसी चयन गर्नुपर्ने हुन्छ । तर विद्यालयमा खासगरी ४ जना अभिभावक छनौट गर्दानै बढी राजनीति हुने गर्छ । त्यसमा राजनीतिक दलहरुले बढी चासो देखाउने र आपसी सहमति नभए चुनाव समेत गर्ने गरिएको छ । कतिपय अवस्थामा कुरा नमिल्दा विद्यालय दलहरुको विवाद र असमझदारीको कोपभाजनमा समेत परी विव्यस गठनमा ढिलाई हुने गरेको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहलाई भएकाले शिक्षा ऐनमा भएको प्रावधान लागु गर्न दुल्लू नगरपालिकाले पहल गर्नुपर्ने स्थानियहरू बताउछन ।



अव यस विद्यालयलाइ राम्रो समृद्ध बनाउने एउटा उपाय बनेको राजनिति रहित वि.व्य.स गठन र अबको आवश्यकता भनेको राजनीतिक दलहरूले सही अर्थमा सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राख्नु हो । आवश्यक बजेट विनियोजन, शिक्षकलाई राजनीतिक संरक्षण नदिने, दलहरूले शिक्षामा राजनीति नगर्ने । यदि राजनीति नै गर्ने भए दलहरूले आफूले चुनाव जितेको ठाउँमा कांग्रेसले काम गरेको विद्यालयमा यति प्रगति गरायौं, एमालेले गरेकोमा यस्तो परिवर्तन गर्‍यौं, माओवादीले काम गरेकोमा बदल्नलाई यसरी सम्भव भयो’ भन्ने तथ्यांक प्रस्तुत गर्ने आँट गरून् । विद्यालयहरूलाई गुणस्तरीय सिकाइ केन्द्रको थलो बनाउन राजनीतिमुक्त र योग्य शिक्षकहरूको आपूर्ति अनिवार्य गर्ने प्रतिबद्धता होस् ।








लेखकको परिचय
लेखक नारायण रिजाल
प्रधान सम्पादक 
यात्रा मिडिया हाउस

Post a Comment

Previous Post Next Post