१८ वर्षदेखि हराएका भुमे गाँउपालिकाका राेकाकाे परिवार भेट्ने सपना पूरा

विक्रम तिरुवा ,

जुम्ला समाचारदाता

रुकुम पुर्व भुमे गाँउपालिका वडा न: ७ बस्ने जैमले राेका का छोराको घरमा बोलाउने नाम काले राेका र वास्तविक नाम सुरेश रोका हो । उनि मजदुरी गर्न आफ्नो भिनाजुसँग भारत पुगेका थिए । उनी घर व्यवहार चलाउनको लागि भिनाजुसँग १९ वर्षको कलिलो उमेरमै भारत पुगेका थिए । तर त्यहाँ उनले सोचेको जस्तो हुँदैभएन । सुरुसुरुमा त काम गरे भिनाजुसँगै राम्रै भएकै थियो तर एकाएक उनी भारतमै मजदुरी गर्ने क्रममै हराए । जसरी आफ्नो भिनाजुसँग उनी भारत गएका थिए त्यसरी उनी भिनाजुसँग आफ्नो घर आउन पाएनन् । उनी भारतमै हराए पनि दु:ख गरेर जसोतसो आफ्नो ज्यान पालनपोषण भने गरिरहेका रहेछन् । उनी भारतमा हराउने बेला उनको उमेर १९ वर्षको थियो । 


सुरेश रोका कसरी भेटिए? जाजरकोट,बारेकोट गाउँपालिकाका वडा न.०२ का हरिबहादुर विश्वकर्माले हामीलाई सुरेश रोका बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो " भारतमा मजदुरी गर्दै आउनु भएका मेरो अंकल नाता पर्ने शेरबहादुर नेपालीसँग सामान्य चिनजान थियो । कुराकानी गर्दा शेरबहादुर नेपालीले सुरेश रोकालाई भारतमा भेटाउनु भएको रहेछ । उहाँ अंकलले सुरेश रोका अलपत्र भएको कुरा स्वयं सुरेश रोकाले शेरबहादुर नेपालीलाई बताएछन् । सुरेशले भनेछन् "मलाई मेरो घरमा जाने रहर छ ।" यो कुरा शेरबहादुर नेपालीले मलाई सुनाउनु भयो । अनि मैले त्यस्तो अलपत्र परेको मान्छेलाई नेपाल ल्याउनुपर्छ भनेँ । सुरेशलाई ल्याउनको लागि एउटा छिमेकी भाईलाई मैले कल गरेर अनुरोध गरेँ र उसले रोकालाई नेपालगन्जसम्म ल्याउने काम गर्यो । अनि हामीले उहाँको नेपालमा आमाबुवा भेट्ने सपना पूरा गर्न करिब २ हप्ता मेराे घरमा बसालेर उहाँका आफन्त खाेज्ने प्रक्रिया गर्यौं। सुरुमा उहाँ "मेरो घर राेल्पा भन्नू हुन्थ्यो र अहिले पनि राेल्पा नै भन्हुनुहुन्छ।" मैले राेल्पा थवाङ गाउँपालिकाका अध्यक्षसँग कुरा गर्दा "१/२ दिनमा खबर हुन्छ भन्नू भाे" र साथै मैले मेराे फेसबुक वालमा उहाँको तस्बिर सार्वजनिक गरेर खाेज प्रक्रिया तिव्र रुपमा चलाएँ अनि मैले  भुमे गाउँपालिकाका केही शिक्षक साथी र भुमे गाउँपालिकाकी  उपाध्यक्षसँग फाेन भयाे । भुमे गाँउपालिकाकाे उपाध्यक्ष आदरणीय दिदी सबिना बुढा ले मलाई जानकारी दिए सँगै मेराे र उपाध्यक्ष दिदिकाे पहलमा उहाँको नजिककाे आफन्त लाई खबर गरी जाजरकोटको बारेकोट गाउँपालिका प्रहरी चाैकि लिम्सा बारेकाेटमा बोलाएर प्रहरी हवलदार कुल बहादुर वि.क. बारेकाेट गाँउपालिका वडा न:०३ का वडा अध्यक्ष राम बहादुर सिहं तथा अन्य स्थानियहरुकाे सहयोगमा उहाँको भिनाजु नाता पर्ने गणेश बहादुर राेकालाई बुझाएका छाैं। " हरिबहादुर विश्वकर्माले "भारतमा अलपत्र परेका सुरेश रोकालाई आफन्तसम्म बुझाउन आफ्नो भूमिका रहेको हामीलाई बताउनुभयो ।" रोकाको भयो घरपरिवारसँग भेट्ने सपना पूरा सुरेश रोकालाई आफन्तसँग बुझाएसँगै उनको करिब १८ वर्षदेखि घरपरिवारलाई भेट्ने सपना पूरा भएको छ। १९ वर्षको हुँदा हराएका उनी भारतका विभिन्न सहरहरुमा भौतारिदै हिडे उनी हराइसकेपछि उनले आफ्नो घरपनि बिर्सिसकेका रहेछन् । निरन्तर खोजी कार्य जारी राखेपछि उनका आफन्तले उनलाई बुझिसकेका छन्। अहिले उनी ३७ वर्ष पुगिसकेका छन् । तैपनि उनी आफ्नो देश र आफन्तसँग लामो अन्तरालपछि भेट्न पाउँदा हर्षित मुहारमा देखिन्थे ।

Post a Comment

Previous Post Next Post